आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसको त्रा’स फैलिरहेको बेला अमेरिकाले गर्‍यो कमाल,मानवमा परीक्षण गर्दै

प्रकाशित
1.9K
SHARES

काठमान्डाै  । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा शुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ ।

ती स्वयंसेवीहरूले संक्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् ।खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ ।बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बीबीसीले जनाएको छ ।परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ । त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ । त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको हो ।

भिसा आवेदकहरूका लागि कोभिड–१९ सम्बन्धी सूचना जारी गर्दै नेपालस्थित अमेरिकी राजदूतावासले भनेको छ, ‘२०७६ चैत ४ गतेदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ ।’

त्यसैबिच  प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै कोभिडविरुद्धको सचेतनाबारे नेपालले चालेका कमदबारे जानकारी गराउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कन्फरेन्समा भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२२ तथा तेस्रो मुलुकका गतिविधि र अन्तरराष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको बताउनुभयो ।

उहाँले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिडविरुद्धको अभियानका लागि नेपाल सचेत रहेको छ । रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।”

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुभएकामा मोदीलगायत सार्कका नेताहरुलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरस : सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् गर्नुभएको आग्रहलाई सदस्य मुलुकले स्वागत गरेका थिए । मिर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी कन्फरेन्समा सहभागी हुनुभएको हो ।

प्रतिक्रिया