आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानाध्यापक बन्नका लागि, किन गरिर्याे नयाँ, मापदण्ड लागू ।

प्रकाशित
1.1K
SHARES

काठमाडौ । प्रधानाध्यापक बन्नका लागि,  किन गरिर्याे, नयाँ मापदण्ड लागू हुने भएको छ । भरतपुर महानगरपालिकाले प्रधानाध्यापक बन्नका लागि नयाँ आधार तय गरेको हो । सो महानगरपालिकाभित्र रिक्त भएका १९ विद्यालयमा आगामी वैशाख पहिलो साताभित्र प्रधानाध्यापक नियुक्त गरिँदैछ ।

विगतमा विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुबाट प्रस्ताव माग गर्ने गथ्र्यो र सोही प्रस्तावका आधारमा प्रधानाध्यापक छनोट गरिन्थ्यो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले अब दरबन्दीसहित प्रधानाध्यापक बनाएर विद्यालयमा पठाउन लागिएको बताउँदै भने, “योग्य शिक्षकलाई छनोट गरेर विद्यालयमा पठाउनुपर्दछ भनेर नै छनोटको आधार तय गरिएको हो ।”

स्थानीय तहलाई दरबन्दी मिलान गर्ने अधिकार दिइएपछि सो महानगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न लागेको छ । महानगरपालिकाले दरबन्दी मिलान गरेरै प्रधानाध्यापकको नियुक्ति गर्नेछ । महानगरपालिकाभित्र ५० वटा माध्यमिक विद्यालय छन् । तिनमा राहत वा तल्लो तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाउँदै आएका छन् । अब माध्यमिक तहका शिक्षकले नै प्रधानाध्यापकको जिम्मेवारी पाउनेछन् । महानगरपालिकाले प्रधानाध्यापक बन्न चाहनेहरुसँग प्रस्ताव आह्वान गरेको छ ।

उनले आगामी वैशाख २ गतेसम्ममा विद्यालयहरुले नयाँ प्रधानाध्यापक पाइसक्ने बताए । न्यूनतम शैक्षिक योग्यता, विद्यालय विकास प्रस्ताव, शैक्षिक तालिम, नेतृत्व लिने क्षमताका आधारमा अंक प्रदान गर्नेगरी आधार तय गरेको छ । शैक्षिक योग्यता वापत १५ अंकसम्म प्रदान गरिनेछ । यस्तै, शिक्षण अनुभव वापत २५ अंकसम्म प्रदान गरिने महानगरपालिकाल जनाएको छ ।

थप जानकारि । (दुलाहादुलही सिँगार्दै

(रासस) । विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय शुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाउनुभयो । पति स्वदेश फर्किएपछि उहाँमा यहाँ नै केही गर्ने सोच पलायो । यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीशैलुन र स्पा सञ्चालनमा ल्याउनुभएको छ । इन्द्राले आफ्नो दुई वर्षे विदेशी अनुभवलाई स्वदेशमा नै प्रयोग गर्न थाल्नुभएको छ ।

उहाँले भन्नुभयो, “समाजशास्त्रमा स्नातकोत्तर गरेपछि क्यानडा जान चाहेको भए पनि श्रीमान् मान्नुभएन । हामीले विदेश जान तयार पारेको पैसाले यही व्यवसाय शुरु ग¥यौँ ।” भरतपुर महानगरपालिका–१० को नहर चोकमा शुरु भएको यो व्यवसायमा ती दम्पतीले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् । इन्द्राका अनुसार यहाँ दुलाहादुलही सिँगार्ने, महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिँगारका सबै काम हुन्छ ।

शुभारम्भको अवसरमा पाँच पटक सेवा लिनेलाई छैटौँ पटक निःशुल्क सेवा दिने गरिएको छ । रु ५० को थ्रेडिङदेखि रु १८ हजारको सिँगार यहाँ हुने गर्दछ । उच्चस्तरको सामग्री प्रयोग हुने भएकाले गुणस्तरीय सेवा दिने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय बजारमा हामीले दिने सेवा अन्यले दिन कठिन छ ।” गत माघ १३ गतेबाट शुरु भएको व्यवसायमा अहिले सन्तोषजनकरुपमा कारोवार भइरहेको छ ।

त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारसमेत सेवा लिन आउने गरेका छन् । साइप्रसबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जोश र जाँगर रहुञ्जेल विदेशमा बिताएर बूढेसकालमा स्वदेश फर्किनु हुँदैन । यही केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय थालेका हौँ ।” दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुईले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया