आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ह्याकरले कोरोना भाइरसको माहामारीकाे नाममा कम्प्युटर भाइरस फैलाउँदै

प्रकाशित
1.5K
SHARES

काठमाडौं। विश्वभर कोरोना भाइरसको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ ।कोरोना भाइरसको खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।

कोरोना भाइरसको नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले तीन हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

ह्याकरहरुले विश्व स्वास्थ्य सङ्गठनको लोगोसमेत दुरुपयोग गरी कोरोनाबारे जानकारी भन्दै कम्प्युटर भाइरस फैलाइरहेको क्यास्पर्स्कीले जनाएको छ । अहिले कोरोना भाइरसको नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले जनाएको छ

बीबीसीका अनुसार ह्याकरहरुले समाचारजस्तो लाग्ने फिशिङ अर्थात इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारी तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने गरेका छन् । यसले कोरोनाको त्राससँग जोडेर डरलाग्दो अफवाह फैलाएको खबरमा उल्लेख छ ।

व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

त्यसैबिच विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व लडिरहेको छ । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको छ । र संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् ।

उनले ट्विटरमार्फत बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन आग्रह गरेका छन् प्रियंका र दीपिकालाई सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा हातेमालो गर्न आग्रह गरेका हुन् । महानिर्देशक एधानोमले हलिउडमा समेत चर्चित रहेका यी दुई अभिनेत्रीलाई डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन अपिल गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १ हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।

त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।

चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन्

तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ । त्यसैगरी दक्षिण कोरियामा ८ हजार १६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ हजार ३९१ जना बिरामी भएका छन् भने १९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया