आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोदीले सार्क भिडियो कन्फरेन्समै गरिदिए कोरोनाबिरुद्ध यस्तो ठुलो घोषणा, विश्वभर हलचल

प्रकाशित
7K
SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि भारतले सार्क राष्ट्रहरु समक्ष प्रस्ताव राखेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ ) राख्ने घोषणा समेत गरे । आपतकालीन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखे ।

भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री मोदीले भने, ‘महामारीले कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर आउदा दिनमा यसको संक्रमण बढ्न दिनुहुँदैन् । इमरजेन्सी फण्ड निर्माण गरौँ, त्यसका लागि भारतले १० मिलियन युस डलर भारतले फण्डमा राख्छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको सक्रियतामा आज सार्कका सबै सदस्य राष्ट्रहरु छलफलमा जुटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौती सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे । उनले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरे ।

कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रोएक्टिभ ढंगले कदम चाल्नुपर्नेमा उनले जोड दिए । भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाए ।

अस्पतालमा आवश्यक पर्ने जनशक्ति देखि सबै किसिमका प्रविधि र पूर्वाधारको क्षमता अभिवृद्धि गर्र्नुको साथै तेश्रो मुलुकबाट आउनेले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको भन्दै २ महिना भित्र संक्रमण नियन्त्रण गर्ने दाबी पनि उनले गरे । उनले संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको बताए ।

यस्तै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस सँगको लडाईमा नेपाल विजयी भएको छ । विश्वमा १५२ देहरुमा १ लाख ५६ हजार भन्दा धेरैमा संक्रमित भएर ५ हजार ८ सय भन्दा धेरैको ज्यान लिएको भाइरससँगको लडाईमा नेपालले जितेको हो । नेपालमा एकजना कोरोना संक्रमित रहेका थिए जो निको भएर फर्केका छन् । सरकारको सर्तकता र सर्वसाधारणको सावधानिका कारण नेपालमा नयाँ कोरोना संक्रमितहरु देखिएका छैनन् ।

सार्क देशहरुमा नेपाल पहिलो देश बन्यो जो कोरोनामुक्त भएको छ । सार्क देशहरुमा अहिलेसम्मको जानकारी अनुसार भारतमा १०० जना संक्रमित हुँदा २ जनाले ज्यान गुमाएका छन भने १० जना निको भएका छन् । पाकिस्तानमा ३३ जना संक्रमित हुँदा २ जना निको भएर फर्के भने ३१ जनाको उपचार जारी रहेको छ ।

अफगानस्तानमा अहिलेसम्म ११ जना संक्रमित देखिएका छन्, जस्को उपचार जारी रहेको छ । बंगलादेशमा ५ जना संक्रमित हुँदा २ जना ठिक भएर गएका छन भने ३ जनाको उपचार भइरहेको छ । सार्कको अर्को देश माल्दिभ्समा १० जनाको उपचार जारी रहेको छ । भुटानमा १ जना संक्रमित भएका थिए जस्को उपचार चलिरहेको छ ।

श्रीलंकामा १० जना संक्रमित हुँदा ९ जनाको उपचार भइरहेको एकजना निको भएर फर्केका छन् । नेपालले विश्वमा शक्ति राष्ट्रहरुले गर्न नसकेको महान कार्य गरेर देखाएको छ । चीन, अमेरिका लगायत शक्ति राष्ट्रहरुले गर्न नसकेको काम नेपालले गरेर देखाएको छ । चीनमा जम्मा ८० हजार ८४४ जना संक्रमित हुँदा ३ हजार १९९ जनाले ज्यान गुमाउनु परेको छ ।

चीनले ६६ हजार ९१३ जनालाई निको पारेर घर फर्काएको छ भने बाँकी १० हजार ७३२ जनाको उपचार जारी रहेको छ । अमेरिकामा अहिलेसम्मको जानकारी अनुसार ६० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितहरुको संख्या ३ हजार नजिक रहेको छ, जस्मा ५६ जना ठिक भएर गएका छन् । इटाली, इरान लगायत युरोपका देशहरुमा कोरोनको महामारी डरलाग्दो भएको छ ।

इटलीमा २१ हजार १५७ जना संक्रमित हुँदा १ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । यहाँ १७ हजार ७५० जना अस्पतालमा उपचार गराइरहँदा १ हजार ९६६ जना निको भएका छन् । इरानमा जम्मा १२ हजार ७९ जना संक्रमित हुँदा ज्यान गुमाउनेहरुको संख्या ६११ रहेको छ । अहिलेसम्म इरानमा ४ हजार ३३९ जना निको भएका छन् । दक्षिण कोरियामा ८ हजार १६२ जना संक्रमित हुँदा ७५ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा अहिलेसम्म ८३४ जना निको भएर फर्केका छन् ।

त्यसैबिच विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन्।’हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागिउपयोगी देखिएका छन्।’ कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले बुधबार जानकारी दिए।

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नुपर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए।चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। संक्रमणबाट अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ ।कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् ।उनका अनुसार खोपका लागि भाइरसबारे व्यापक अनुसन्धान गरिएको छ । भाइरसबारे अनुसन्धान गर्ने र बुझ्ने काम भइरहेको भन्दै उनले सोहीकारण अनुसन्धानमा केही ढिलाई समेत भइरकेको उल्लेख गरेका छन् ।

आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिइने केन्द्रीय सरकारी अधिकारी डिङ सियाङयाङले दावि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।उनी हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका सरकारी अधिकारी भएको बताइएको छ ।

कोरोना एक अज्ञात भाइरस हो । यो कसरी सर्छ र संक्रमण बढ्छ भन्नेबारे चिकित्सकले यकिन बताउन सकेका छैनन् । मानिसबाट मानिसमा सर्दा कुन माध्यमबाट सर्छ भन्ने समेत यकिन पत्ता लागेको छैन ।सोहीकारण खोप तयार पार्न समेत चूनौति थपिएको छ । तर यस रोगको संक्रमणबाट संसारभर ३२ सय मानिसले ज्यान गुमाइसकेका छन् ।करीव १ लाख मानिसमा संक्रमण देखिएको छ । पछिल्लो समय चीनमा संक्रमण र मृत्युको दर कम भएपनि विश्वका अन्य भूभागमा तिब्र रुपमा फैलिएको छ ।

प्रतिक्रिया