आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तेलको मूल्य घट्ने निश्चित भएपछि पेट्रोल पम्प संचालकहरुले देखाए यस्तो लाजमर्दाे हर्कत, उपभोक्ता आक्रोशित

प्रकाशित
13.9K
SHARES

काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका कतिपय पेट्रोल पम्प बन्द छन् भने खुलेका पम्पहरुमा इन्धन भर्ने सवारी साधनको लामो लाइन देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखिएका बेला पेट्रोल पम्पहरुमा लाइन देखेपछि सर्वसाधारण थप आतंकित मात्रै हैन आक्राेशित नै भएका छन् । त्यसले पेट्रोल पम्पहरुको लाइन लम्बिएको छ ।

तर पम्पहरु नखुल्नुको कारण भने इन्धन अभाव होइन । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमसँग पर्याप्त तेल मौज्दात छ । तर पम्पहरुले तेल लैजान चाहेनन् । अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुने अनुमान गरेर आइतबार पम्पहरुले तेल भर्न नमानेका हुन् ।

‘अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएकाले नेपालमा पनि सस्तिन्छ । आज महंगोमा किनेको तेल मौज्दात बस्यो भने घाटा हुन्छ भन्ने डरले डिलरहरुले तेल उठाएनन्,’ उनले भने, ‘त्यही कारण धेरै पम्पहरु आइतबार नखुलेका हुन् ।’ तर व्यवसायीहरुले भने शनिबार निगमको थानकोट डिपो बन्द भएकाले पनि पम्पहरु बन्द भएको तर्क गरेका छन् ।

तर मुख्य कारण चाहिँ मुल्य समायोजनको पूर्वानुमान नै हो । विगतमा पनि निगमका कर्मचारीले कमिसनको लागि व्यवसायीलाई तेलको मूल्य बढ्ने पूर्वसूचना दिएर बढ्नुभन्दा अघिल्लो दिन धेरै परिमाणका तेल बेच्ने गरेका थिए ।

मूल्य घट्ने पूर्वसूचना पनि चुहाएर निगमका कर्मचारीले अनुचित लाभ लिने गरेका छन् । निगम र पेट्रोलियम व्यवसायी नाफा र घाटाको खेलमा लाग्दा उपभोक्ताले भने अनाहकमा लाइन बस्नुपर्ने अवस्था आएको छ ।

यसैबीच कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।
संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् ।

अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएकोसमेत उनले जानकारी दिएका छन् ।

तर विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको उनले बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

मन्त्री ढकालका अनुसार नेपालमा कोरोनाको संक्रमण देखिहाल्यो भने उपत्यकाका तीन वटा अस्पतालमा मात्र उपचार गरिनेछ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।

अरु मुलुकको संक्रमण हेर्दा ८० प्रतिशत सामान्य उपचार अर्थात क्वारेन्टाइनलगायतमा राख्नुपर्ने, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने र ५ प्रतिशतलाई अति जोमिखयुक्त उपचार गर्नुपर्ने देखिएको भन्दै उनले भने, ‘हामीकहाँ सामान्यतयाः १५ सय, तीन हजार वा साढे ४ हजारसम्म (संक्रमित) हुँदा पनि कुन खालको व्यवस्थापन भयो भने सहज ढंगले म्यानेज गर्न सकिन्छ भनेर अन्तरिम तयारीमा लागेका छौं ।’

उनका अनुसार प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ भने अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको उनले बताए ।

स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गर्नुको तेस्रो मुलुकबाट आउनेहरुका लागि चार वटा मात्र नाका तोकिएको छ । साथै त्रिभुवन विमानस्थलबाट आउनेहरु संक्रमण धेरै भएका देशका नागरिकहरुका लागि १४ दिन अनिवार्य सेल्फ वा होम क्वारेन्टायनमा बस्न भनिएको उनले जानकारी दिए ।

होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गर्ने भन्दै स्वास्थ्यमन्त्री ढकालले भने, ‘लक्षण देखियो भने अस्पताल लैजान्छौं र रिपोर्ट पोजेटिभ भयो भने सम्पूर्ण उपचारको जिम्मा राज्यले लिन्छ । नेगेटिभ रिजल्ट आयो भने १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्ने विश्वास लिएका छौं ।’

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सकिने र त्यसपछि स्वतः एक महिना विद्यालय बन्द रहने उनले जानकारी दिए । एसईई परीक्षा तालिकाबारे भने संक्रमणको अवस्था हेरेर निर्णय हुने उनले बताए ।

प्रतिक्रिया