आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसदमा पुग्यो कोरोना महामारी, एसइई परीक्षा सर्न सक्ने मन्त्री ढकालको संकेत

प्रकाशित
1.9K
SHARES

काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको डरले विश्वका धेरै देशहरुमा शैक्षिक संस्थाहरु बन्द भएका छन् । कोरोना भाइरसको महामारी फैलिने डरका बीच यस वर्षको एसइई परीक्षा सर्ने संकेत नेपाल सरकारका एक मन्त्रीले देखाएका छन् । आजको

राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालल चैत्र ६ गतेबाट सुरू हुने भनिएको यस वर्षको एसइई परीक्षा सर्न सक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने–नबनाउने कुरा टुंगो लाग्छ ।’ मन्त्रीढकालले कोरोना प्रभावलाई मध्येनजर गर्दै सरकारले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो ।

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौं लगिएको छ ।प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय एक पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ,’ प्रजिअ रानाले भने–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’ संक्रमित बिरामीको नाम भने गोप्य राखिएको छ ।

त्यसैबिच चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ ।जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो । विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।

चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म ५ सय भन्दा धेरै चिनियाँ प्रभावित छन् । छोटो अवधिमै ९ जनाको मृत्यु भइसक्यो । पछिल्लो समय चीन लगायत छिमेकी मुलुकमा पनि यसबाट बच्न उच्च शतर्कता अपनाइएको छ ।कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो फैलँदै गएको हो । वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । चिनियाँ वैज्ञानिकहरुले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दैआएका छन् ।

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कोरोना भाइरस अमेरिकामा पनि

चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।

ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।
यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।

यससँगै नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको छ । यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको छ । चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइयो । यसवाहेक चीनबाट आउने अन्य नागरिकलाई पनि प्रारम्भिक जाँच गर्न थालिएको छ ।

प्रतिक्रिया