आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यो पिडा फेरी कसैलाई नपरोस् : सिरियाली यु’द्धका नौ वर्ष, तीन लाख ८४ हजार नागरिकको मृत्यु ?

प्रकाशित
1K
SHARES

एजेन्सी । सिरियामा जारी यु’द्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृ’हयु’द्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानव अधिकार यु’द्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह््युमन राइट्सले शनिबार जानकारी गराएको छ । यु’द्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या यु’द्धका कारण आन्तरिक वा वाह््यरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका वि’द्रोही समूहले बुलन्द पारेपनि राष्ट्रपतिले सरकारबाट हट्ने मागलाई सम्वोधन गर्न नमानेका कारण द्व’न्द्वको मा’रमा सर्वसाधारणले झण्डै एक दशक विताएका छन् । यो विचमा असद पक्षधर सेना, इस्लामिक समूह, अल कायदा निकट समूहहरू र रूस, इरान, टर्की, अमेरिकालगायतका मुलुकसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिरियाली द्व’न्द्वमा सामेल भएका छन् । क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह

क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तरराष्ट्रिय यात्रा रोक्न उहाँले आह्वान गर्नुभएको छ । उहाँले आपूm पनि सुरक्षित तरिकाले बसेको पनि जानकारी दिनुभएको छ । यसअघि उहाँकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको बिहीबार सार्वजनिक भएको थियो । उहाँलाई पनि छुट्टै राखिएको छ ।

यसैबीच दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । अधिकारीका अनुसार कूल आठ हजार ८६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २०४ जनालाई भने पूर्ण उपचारपछि घर फर्काइएको छ । उता फिलिपिन्सबाट प्राप्त समाचारअनुसार राजधानी मनिलामा क’फ्र्यु आदेश जारी गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन आइतबारदेखि लागु हुनेगरी शनिबार क’फ्र्यु घोषणा गरिएको हो । क’फ्र्यु एक महिनाका लागि घोषणा गरिएको बताइएको छ ।

प्रतिक्रिया