आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो कारण देखाउँदै पूर्व मिस नेपाल खड्गीले लगाइन १९ वर्ष देखिको सम्बन्धमा पूर्ण विराम

प्रकाशित
1.6K
SHARES

काठमाडौं । सन् २००० कि मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन्पूर्व मिस नेपाल खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिं’सा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले खुलासा गरेकी छिन् ।

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिं’साको प्रसंगमा खड्गी रोएको भिडियोमा देख्न सकिन्छ । उनले भेनेकी छिन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो ।’यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा भइरहेको थियो । यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए । तर, अहिले उषा

आफैंलेयसबारे मुख खोलेकी हुन् । उनले फेसबुकमा स्टाटसमा लेख्दै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन् र यसले आफूलाई थप बलियो बनाएको पनि उल्लेख गरेकी छिन् ।जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो । २ वर्ष सम्बन्धमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी पनि छन् ।

त्यसैबिच चर्चित अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा परिवर्तन गरेका हुन्। हिन्दू परम्परा अनुसार आँचल र डा. उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्। विवाहका

तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन्। आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ । चलचित्र नाई न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन्। उनका पति चिकित्सक डाक्टर हुन् ।

प्रतिक्रिया