आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनमा जिउँदो सर्प रक्सीमा हालेर स्नेक वाईन

प्रकाशित
1.9K
SHARES

काठमाडौं । छिमेकी राष्ट्र चीनको खानपानको शैलीले धेरैलाई जिब्रो टोक्ने नै बनाउँने गर्छ । चीन अनौठो– अनौठो परिकार खानको लागि बिश्वभरमा नै प्रचलित छ । केहि समय अगाडी चीनमा नै भर्खरै जन्मेको तर मृत्यु भईसकेको बच्चाको सुप खाएको तस्बिर र भिडियो भाईरल भएको थियो ।

केही समय अगाडी चीनको अर्काे भिडियोले सनसनी मच्चाएको छ । जुन भिडियोको खुबै आलोचना पनि भईरहेको छ । रक्सीको बोटलमा जिउँदो सर्पलाई हाली मारेको भिडियोले सर्बत्र आलोचना पाएको थियो ।

रक्सी बनाउँने यो पारम्पारिक तरिकाले बनाईएको रक्सी चीनमा निकै मिठो हुने भन्दै यस किसिमको रक्सीको माग पनि निकै हुने गरेको छ । भिडियोमा कोबरा सर्पलाई चामलबाट बनेको रक्सीमा हालेर बोटल बन्द गरिएको छ । बन्द बोटलभित्र केहि समयपछि सर्पको ज्यान जान्छ । अनि चीनका मानिसहरु त्यो रक्सीलाई निकै मिठो मानेर खाने गर्दछन् । यतिमात्र होईन चीनका मानिसहरु कुकुर, बिरालो, गोही लगायतका जनावरको मासु पनि निकै मन पराउँने गर्छन् ।

यस्तै अनौठो खबरमा उता अस्ट्रेलियामा डेढेलोले विध्वश बनाएको छ । आगलागीका कारण केही मान्छेले ज्यान गुमाए । अस्ट्रेलियाको जलसेना (नेभी) ले आगलागीमा फसेकाहरूको उद्धार गरिरहेको छ। दैनिक अत्यावश्यकीय सामग्री वितरण गरिरहेको छ। हजारौँलाई उद्धार गर्दै राहत सामग्री वितरण गरेको छ।

गत शुक्रबार उसले एक ग्रामीण होटललाई बियर पनि उपलब्ध गरायो। ‘राहत सामग्रीको सूचीमा बियर आएपछि धेरै जना चकित भएका थिए । रक्षा विभागका एक प्रवक्ताले विश्वप्रसिद्ध समाचार संस्था ‘एएफपी’सँग अन्य राहत सामग्रीसँगै नेभीले एउटा होटललाई बियर पुर्‍याएको पुष्टि गरेका छन्। कार्लटन एन्ड युनाइटेड ब्रुअरिजले सेर्बेरस नौसैनिक आधारमा हेलिकप्टरबाट मदिरा खसालिएको बतायो। मालाकुटा होटलमा २० ड्रम बियर पुर्‍याइएको थियो।

यस्तै यता बिस्कुटको लोभमा परि रक्तदान गर्न पुगेका एक युवकले विस्कुट नपाएपछि आफूले नै दान गरेको रगत पिएका छन् । विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले यस्तो हर्कत मच्चाएका हुन् ।

प्रायजसो ठाउँमा रक्तदान गरेका मानिसहरुलाई जुस अथवा बिस्कुट दिने गरिन्छ । बिस्कुट खाने लोभमा रक्तदान गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रिसको झोकमा आफ्नै रगत पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।

मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै रगत दान गर्न आएको थिएँ ।’

आफूलाई बिस्कुटको नाममा धोका दिइएको बताउँदै उनले भने, ‘रगत त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठग्न सिकेको थिइन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ ।’ एजेन्सी

प्रतिक्रिया