आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित
1.8K
SHARES

काठमाडौं । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यसैबिच  कैलालीमा बस र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। आज विहान ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको चौकीडाँडामा पश्चिमबाट पूर्व तर्फ गईरहेको ना ४ ख ४५२८ नम्वरको बस र विपरित दिशाबाट आईरहेको से १ ह २११४ नम्वरको अटो एकआपसमा ठोक्किदा अटोमा सवार एक जनाको मृत्यु भएको हो भने चार जना घाईते भएका हुन्।

दुर्घटनामा परी गोदावरी नगरपालिका वडा नम्वर ६ का ५३ बर्षीय तुले कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भिर घाईते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

सोही ठाउँका ५० बर्षीय नखरी कोली, २५ बर्षका अर्जुन कोली र २५ बर्षकी दुर्गा कोली घाईते भएका प्रहरी नायव उपरिक्षक बस्नेतले दिनेश खवरलाई बताए। अटो चालक गोदावरी नगरपालिका वडा नम्वर १ विजयनगरका २५ बर्षिय मानवहादुर विक पनि घाईते भएका छन्।

उनीहरु सवैको पदमा अस्पतालमा उपचार भईरहेको छ। बस चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर ५ बस्ने २४ बर्षीय दिपकराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया