आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली अस्पतालमा रहेका बेला बानेश्वर बैठकले सरकार र नेकपाभित्र खैलाबैला

प्रकाशित
4.1K
SHARES

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन ठूला शीर्ष नेताहरूको गोप्य वार्ता भएको छ ।

काठमाडौंको नयाँबानेश्वरमा बिहीबार दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालवीच गोप्य वार्ता भएको हो । स्रोतका अनुसार गोप्य वार्तामा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने विषयमा प्रधानमन्त्री ओलीलाई दवाव दिने सहमति भएको छ ।

वरिष्ठ नेता नेपाल निकट मानिने नेकपाका नेता एवम् सांसद सोमप्रसाद पाण्डेको निवासमा गोप्य वार्ता भएको स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओली अस्पतालमा रहेका बेला प्रचण्डले नेता नेपाल, उपाध्यक्ष गौतमसहितका थुप्रै नेताहरूसँग गोप्य रुपमा परामर्शहरू गरेका छन् । ती परामर्शहरूका विषयमा केही भनिएको छैन ।

प्रधानमन्त्री ओली शुक्रबार डिस्चार्ज हुने चर्चा चलिरहेका बेला एक दिन अगाडि नेकपाका तीन ठूला नेताहरूको गोप्य बैठकले सरकार र पार्टीभित्र हलचल ल्याइदिएको छ ।वरिष्ठ नेता नेपाल पछिल्लो समय नेकपाभित्र शक्तिसन्तुलनका हिसाबले बलियो हुँदै आएका छन् । नेपालको गतिविधि र प्रचण्डका परामर्शहरूले ओलीलाई भावी दिनमा तनाब दिनेछ ।

प्रतिक्रिया