आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घरेलु मदिरा सेवनबाट एकै गाउँका ६ जनाका मृत्यु

प्रकाशित
2.6K
SHARES

काठमान्डाै । धनुषामा घरेलु विषाक्त मदिरा सेवनबाट ५ जनाकाे मृत्यु भएकाे छ । क्षीरेश्‍वरनाथ नगरपालिकाकाे रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाकाे मृत्यु भएकाे हो ।विषाक्त मदिरा सेवनबाट बिरामी भएका जानकी मेडिकल कलेजमा उपचार गराउँदै तस्बिर  कान्तिपुर

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आए पनि पुष्टि नभएकाे बताए। मदिरा सेवन गरेका अन्य २ जनाकाे अवस्था चिन्ताजनक रहेको गाउँलेले बताएका छन्। स्थानीय रामगुलाम महराका अनुसार मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराकाे मृत्यु भएकाे छ। मृतकमध्ये एक जनाकाे नाम खुल्न सकेकाे छैन ।

मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराकाे अवस्था चिन्ताजनक छ। दुवै जनाकाे जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ। दुवै जनालाई भेन्टिलेटरमा राखिएकाेे अस्पतालले जनाएको छ।

प्रतिक्रिया