आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसम- आज कतै बादल, कतै पानी

प्रकाशित
1.8K
SHARES

काठमाडौं । शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

शुक्रबार राति पनि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँ र पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाइ छ । पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा तीन दिन मेघ-गर्जनरचट्याङ्ग र असिनारहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिनारहावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान शुक्रबार देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग र असिनारहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आइतबार देशका अधिकांश भू-भागमा आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया