आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका खुलासा

प्रकाशित
1.2K
SHARES

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारीले आक्रान्त पार्दा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले उल्लेख गरेको छ ।

उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । उनी इटाली फर्कनुअघि क्वारेन्टाइमा बस्नुपर्ने भएको हो । रोनाल्डो क्वारेन्टाइनमा बसेको समाचारलाई पोर्चुगलका सञ्चारमाध्यामले पनि महत्वका साथ प्रकाशित गरेका छन् । आइतबार इन्टर मिलानलाई पराजित गरेपछि रुगााीले टोलीको सामूहिक तस्बिर समेत सार्वजनिक गरेका थिए ।

जसमा टोलीका अन्य सदस्यसँगै रोनाल्डो पनि छन् । रुगीसँगै रोनाल्डो र अन्य खेलाडीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकाले पनि सबै खेलाडीलाई क्वारेन्टाइमा राखिनुपर्ने बताइएको छ । कोरानाका कारण इटालीमा अहिले ६ करोड भन्दा बढी मानिस प्रभावित बनेका छन् । हाल इटालियन सिरि ‘ए’ पनि रोकिएको छ । त्यस्तै ओस्कार विजेता अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी अभिनेत्री रिता विल्सनलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ।

अभिनेता टमले बिहीबार ट्वीटर मार्फत यस्तो सार्वजनिक गरेका हुन्। ह्याङ्क्सका अनुसार उनी र उनकी पत्नी विल्सन अष्ट्रेलियामा परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको हो। अष्ट्रेलियामा फिल्मको लागि काम गरिरहेको ६३ वर्षीय कलाकार जोडी काम सकेर सामान्य ज्वरो आएपछि घरमा आराम गर्न पुगेका थिए। उनीहरु अहिले घरमै ‘आइसोलेसन’ मा स्वास्थ्य निगरानीमा बसेको जनाएका छन्।

यस्तै चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।

चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका छन्। यस्तै बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ। कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।

‘गत दुई सातादेखि चीनबाहिर कोरोनाबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। संक्रमित हुने देश तेब्बर भइसके,’ संगठनका डाइरेक्टर-जनरल डा. टेड्रोस अडानोम गब्रराइससले जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेका छन्, ‘आगामी दिनमा संक्रमित, मृतक र प्रभावित देश संख्या अझै बढ्ने हाम्रो अनुमान छ।’

चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्। टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।’अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

प्रतिक्रिया