आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बास्कोटाको घरमा भएको बिस्फोटबारे भयो नया खुलासा, प्रहरी समेत तीनछक

प्रकाशित
58.2K
SHARES

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनहराफाँटस्थित निर्माणाधीन घरमा भएको ब’म बिस्फोटबारे नयाँ खुलासा भएको छ । रिमोट कन्ट्रोलबाट ब’म वि’स्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट ब’म वि’स्फोट गराइएको खुलेको जानकारी दिए ।

‘घरको कम्पाउन्डभित्र प्रेसर कुकर ब’म राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएकाे छ,’ भक्तपुर प्रहरी प्रमुख प्रधानले भने। प्रधानका अनुसार, घटनास्थलमा एक झोला पनि भेटिएको छ । जसभित्र प्रेसर कुकरका टुक्रा र वि’ष्फोटमा प्रयोग हुने सामग्रीहरु छन् ।

एसपी प्रधानका अनुसार, बास्कोटानिवासमा आ’क्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, बुधबार बिहान विस्फोटको घटना भएको प्रधानले बताए ।

‘पूर्वमन्त्री गोकुल बास्कोटाज्यूको निवासमा कुनै घटना हुने पूर्वानुमान हामीलाई थियो,’ एसपी प्रधानले सञ्चारकर्मीसँग भने, ‘यही अनुमानका आधारमा हामीले मन्त्रीज्यूको निवास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थियौं ।’ सुरक्षासतर्कताकै बीच कसरी विस्फोटको घटना भयो भन्नेबारे भने उनले केही खुलाएनन् ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बुधबार बिहान ७ः४५ बजे ब’म विस्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । वि’ष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि घटनास्थलको निरीक्षण गरेकी छन् ।

बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि ब’मले क्षति पुगेको छ । ब’मले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि ब’मले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यानमा पनि क्षतिग्रस्त भएको छ ।

घिमिरेले भने, ‘म छोराछोरीहरुसहित घरमै थिएँ । खाना बनाइरहेको बेला ठूलो आवाजसहित भुइँचालो आएको जस्तो भयो । पछि हेर्दा जताततै चर्किएको, भत्किएको थियो ।’ बम विष्फोटका कारण बास्कोटाको घर वरिपरिका बासिन्दा त्रसित देखिन्छन् । प्रे’सर कुकर ब’म विष्फोट गराइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घटनास्थलमा नेपाली सेनाको पीडीआई टोली पुगेको छ । क्षतिको पूर्णविवरण पनि प्राप्त भएको छैन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए। सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

प्रहरीले गस्ती गरेको २० मिनेटपछि बाँस्कोटाको घरमा बम विस्फोट
फागुन ८ गते सेक्युरिटी प्रेस खरिद प्रकरणमा ठेकेदारसँग ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु पर्‍यो । कुनै पनि मन्त्रीले पदबाट राजीनामा दिएपछि उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरु क्रमश फिर्ता गर्ने गरिन्छ ।

नेपाली सेनाबाट खटाइएका पीएसओ बाँस्कोटाले राजीनामा दिएकै दिन फिर्ता भइसकेका थिए । तर, नेपाल प्रहरीका केही सुरक्षाकर्मीहरु भने उनीसँगै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका बाँस्कोटाको सुरक्षाका लागि विस्तारै थप सुरक्षाकर्मी पनि परिचालन हुन थाले । कारण थियो– उनलाई लक्षित गरी आ’क्रमण हुन सक्ने सूचना प्राप्त हुनु ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बाँस्कोटा लक्षित आ’क्रमण हुन सक्ने सूचना प्राप्त गरेको थियो । उक्त सूचना महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी हुँदै प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयसम्म पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयकै निर्देशनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बाँस्कोटाको सुरक्षाका लागि प्रहरी नायव निरीक्षक (सई)को नेतृत्वमा एउटा नयाँ टिम परिचालन गरेको थियो । उक्त टिमले बास्कोटा बस्ने बालकोटस्थित ओली निवास तथा उनी जाने सम्भावित ठाउँमा सुरक्षा चुनौतीको विश्लेषण गरी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी आयुक्तको कार्यलय रानीपोखरीलाई रिपोर्ट दिने जिम्मेवारी पाएको थियो ।

यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुरले बाँस्कोटाको लोकन्थलीस्थित निजी निवासको सुरक्षाका लागि पनि छुट्टै टिम खटाएको थियो । बाँस्कोटाको लोकन्थलीस्थित निवासका लागि प्रहरी हवल्दारको नेतृत्वमा करिब ३ जना प्रहरीको टोली परिचालन गरिएको थियो । उक्त टोलीले बाँस्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा दिनको ३ पटक आनिवार्य गस्ती गर्ने गर्दथ्यो । बुधबार पनि बिहान करिब ७ः३० बजेतिर उक्त टोली बाँस्कोटाको लोकन्थलीस्थित निवास क्षेत्रमा गस्ती गरेर ‘फर्किएको’ थियो ।

तर, प्रहरीको टोली गस्ती गरेर फर्किएको केही मिनेटमै (बिहान करिब ७ः५० बजेतिर) बाँस्कोटाको लोकन्थली निवासमा बम विस्फोट हुन पुग्यो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधान सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै बुधबार बाँस्कोटाको लोकन्थलीस्थित निवासमा विस्फोट हुन पुगेको बताउँछन् ।

‘हामीले पेट्रोलिङ (गस्ती) टोलीको सट्टा स्टेबल भएर पहरा दिने टोली परिचालन गर्नुपर्ने रहेछ,’ बाँस्कोटा निवासमा बम विस्फोट भएपछि सुरक्षा कमजोरीबारे प्रारम्भिक विश्लेषण गर्दै एसपी प्रधानले भने, ‘यसमा हाम्रो केही कमजोरी देखियो । अब यस्ता कमजोरी नदोहोर्याउने गरी काम गरिन्छ ।’

एसपी प्रधानले बाँस्कोटा निवासमा भएको विस्फोटको घटनामा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको देखिने केही प्रमाणहरु फेला परेको बताए । यद्यपि घटनाको विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै यकीनका साथ भन्न सकिने अवस्था नरहेको उनी बताउँछन् ।

बाँस्कोटाको लोकन्थलीस्थित निवासमा भएको विस्फोटको जिम्मा प्रतिबन्धित नेकपाले लिइसकेको छ । सेक्युरिटी प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेका कारण बाँस्कोटाको निवासमा विस्फोट गराइएको नेकपाकाे दलिल छ ।

विस्फोटपछि प्रचण्डले के भने ?
उक्त ब’म बि’स्फोट भएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्त्सना गरेका छन् । ब’म बि’स्फोट भएको केहि घण्टामै बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको उक्त ब’म विस्फोटको भर्त्सना गरेका हुन् ।

अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा “आ’तं’ककारी समूह”ले ब’म प्रहार गरेर बाँस्कोटाको निजी निवासमा क्षति पुर्‍याइएको भन्दै निन्दा गरिएको छ । प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ आवश्यक कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा भएको ब’म बिस्फोटको जिम्मा बिद्रोही नेकपा कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ । नेकपाले एक पर्चा जारी गर्दै बिस्फोटको जिम्मा लिएको छ । संचारकेन्द्रलाई प्राप्त उक्त पर्चामा नेकपाले ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ? शिर्षकमा उनको घरमा बि’स्फोट गर्नुको कारण खोलिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाे, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाे,
१९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाे, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाे पर्चामा उल्लेख छ ।

त्यस्तै मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाे, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाे, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाे, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाे पनि पर्चामा उल्लेख गरिएको छ ।

त्यस्तै आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाे र देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले कारवाही गरिएको पर्चामा उल्लेख छ।

प्रतिक्रिया