आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्रिविका सबै तह देखि एसईई, कक्षा ११,१२ सबै परीक्षा निर्धारित समयमै हुन्छ , हल्लाकोपछि नलाग्नु

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । कोरोना भइरसका कारण परीक्षा सर्छ की भन्ने जिज्ञासा हरेक दिन आउँन थालेपछि परीक्षा नियन्त्रकहरुले सूचना जारी गरेका छन् । परीक्षा तयारीमा जुटेका लाखौँ विद्यार्थीको परीक्षा सर्छ भन्ने हल्ला धेरै चलेपछि हल्लाकोपछि नलाग्न र पूर्वनिर्धारित कार्यकातिका अनुसार नै सञ्चालन हुनेमा ढुक्क हुन उनीहरुले भनेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिधारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो । अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध रुपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेको समाचार गोरखापत्र दैनिकमा छ ।

कहिलेदेखि कुन परीक्षा ? चैत ५ भित्र नौ कक्षा सम्मको परीक्षा सकिनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा नौ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएसँगै हाल विद्यालयहरुमा धमाधम परीक्षा सञ्चालन भइरहेका छन् । एसइई चैत ६ गतेबाट एसइई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसइई परीक्षा निर्धारित समयमै सञ्चालन हुने बताएका छन् ।

वैशाखमा कक्षा ११ र १२ को परीक्षा । अर्कोतिर कक्षा ११ र १२ को पूर्वनिर्धारित परीक्षा कार्यतालिकामा कुनै हेरफेर नहुने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ । बोर्डका अनुसार ०७७ वैशाख तेस्रो साताबाट सञ्चालन हुने कक्षा ११ र दोस्रो साता हुने कक्षा १२ को परीक्षामा कुनै परिवर्तन गरिएको छैन ।

त्रिविका धेरै परीक्षा चैतमा । त्रिभुवनल विश्वविद्यालयले पनि सार्वजनिक गरिएको परीक्षा कार्यतालिकामा हेरफेर नगर्ने निर्णय गरेको छ । त्रिविले चैत महिनामा एलएलबी, बीएड र स्नातकोत्तर तहको परीक्षा तालिका सार्वजनिक गरेको थियो । यी सबै परीक्षा चैतमा गर्ने त्रिविको तयारी छ । यही अवस्थामा परीक्षा नसार्ने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । ०७७ वैशाखमा स्नातक तह चौथौ वर्षको परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी छ ।

कानूनका विद्यार्थीको परीक्षा पनि नसर्ने परीक्षा नियन्त्रक जोशीले एलएलबी दोस्रो वर्ष र स्नातकोत्तर तहका केही विषयको परीक्षा एकै दिन परेपनि परीक्षा सार्न नसकिने स्पष्ट पारेका छन् । विद्यार्थीका केही परीक्षा जुधेको तर परीक्षा सार्दा तीन चार महिना नै पछि धकेलिने भएपछि पूर्वनिर्धारित कार्यतालिका अनुसार नै परीक्षा हुने उनले बताए ।

स्वास्थ्यको ख्याल गर्न सुझाव कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन परीक्षामा सहभागी विद्यार्थीले धेरै ,सावधानी अपनाउनुपर्ने भएको छ । शैक्षिक संस्थाले परीक्षामा उपस्थित विद्यार्थीलाई एक अर्कामा हात नमिलाउन, अङ्कमाल तथा भीडभाड नगर्न, टाडैबाट नमस्कार गर्न, खुलारुपमा नखोक्न, स्वास्थ्य अवस्था अनुसार सजग रहन र मास्क पयोग गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया