आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेना प्रमुखलाई नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि, अब के होला ?

प्रकाशित
26.5K
SHARES

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।

यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ‘स्व-‍क्वारेन्टाइन’मा रहेको बताएका छन्। संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ। उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ।

विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ। प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन्। यो प्रतिबन्ध अप्रिल ३ सम्म लागु हुनेछ।

पछिल्लो आँकडाले इटाली कोरोनाभाइरसको संक्रमणबाट चीनपछि सबैभन्दा प्रभावित देश बनेको छ। यसअघि दक्षिण कोरिया चीनपछि दोश्रो नम्बरमा सबैभन्दा बढी प्रभावित मुलुक थियो। दक्षिण कोरियामा हालसम्म ७ हजार ३ सय १३ वटा मामिलाहरू पुष्टि भएका छन्। कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् । चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृत्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै इरानमा कोरोना भाइरसका कारण १ सय ४९ जनाको मृत्यु भएको छ । ६ हजार ५ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसमध्ये २ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन् । ४ हजार २ सय ३८ जनाको उपचार भइरहेको छ । दक्षिण कोरियामा थप २ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ३ सय १३ पुगेको छ ।

त्यहाँ अहिलेसम्म ५० जनाको मृत्यु भएको छ भने उपचारारत ७ हजार १ सय ३३ जनामध्ये ३६ जनाको अवस्था गम्भीर छ । १ सय ३० जना भने निको भएर घर फर्किएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चीनमा कोरोनाको संक्रमण दर कम हुँदै गएपनि अन्यत्र फैलने क्रम उच्च भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार चीनमा पछिल्लो २४ घण्टामा ३९ जनामा जनामा कोरोनाको संक्रमण देखिएको छ । चीन हालसालै प्रति दश लाख मानिसमध्ये कम्तिमा ५६ जनामा कोरोना फेला परेको छ । जबकी यही दर दक्षिण कोरिया, इटाली, इरान लगायतका मुलुकमा बढिरहेको छ ।

डब्लूएचओका अनुसार प्रति दश लाखमध्ये दक्षिण कोरियामा कम्तिमा १ सय ४२ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ सय २२ तथा इरानमा ७८ जनामा संक्रमण देखिन थालेको छ ।

कोरोनाबाट अमेरिकामा २२ जनाको मृत्यु भएको छ भने फ्रान्समा थप तीन जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्पेनमा १७ जनाको मृत्यु भएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुकमा कोरोनाभाइरस देखिदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका एक सय भन्दा धेरै मुलुकसम्म पुगिसकेको छ । यसबाट एक लाख ६ हजारभन्दा धेरै संक्रमित छन् भने ३६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस अमेरिकासम्म पनि पुगिसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ । अरु ३० राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । अमेरिकामा यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न राज्यले संकटकाल लागू गरिसकेका छन् ।

पछिल्लो पटक भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना संक्रमित मानिससँग हात मिलाएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्ट अखबारले जनाएअनुसार मेरील्याण्ड राज्यको अक्सन हिलमा भएको एक सभामा ट्रम्पले कोरोना भाइरसका संक्रमितसँग हात मिलाएका हुन् ।

समाचारमा जनाइएअनुसार कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सिपीएसी) को सभामा ट्रम्पसँग हात मिलाएको भनिएका व्यक्तिमा पछि कोरोना भाइरसको संक्रमण देखा परेको थियो । ती संक्रमितको न्यू जर्सी राज्यको एक अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

ट्रम्पसँग हात मिलाउनेबाहेक उक्त सभामा सहभागी अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त सभामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति माइके पेन्स समेत सहभागी थिए ।

यस्तै बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ । यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन ।

प्रतिक्रिया