आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुक्तिका लागि महिला राजनीतिक मै आउनुपर्छ – मोहन बैद्य

प्रकाशित
1K
SHARES

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीमा महासचिव मोहन वैद्यले महिलाले चुलो चौका छोडेपछि मात्र घरेलु दासबाट मुक्ति मिल्ने बताएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ललितपुरको कुपण्डोल कार्यालयमा आयोजना गरेको ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा वैद्यले भने, ‘तुच्छ घरेलु दासको रुपमा रहँदै आएका महिलाहरु घरबाट बाहिर निस्केर सामाजिक र राजनीतिक काममा संलग्न भएपछिमात्र अवसर प्राप्त हुन्छ ।’

उनले त्यसका लागि शिशु स्याहार केन्द्र, सामुहिक भान्साघर, बच्चाहरुको पढ्ने स्कूललगायतको स्थापना गर्ने काम राज्यले गर्नुपर्ने बताए । यस्तो कार्य पुँजीवादी प्रतिक्रियावादी सत्ताले नगर्ने दावी गर्दै वैद्यले रुसमा लेनिनको नेतृत्वमा स्थापित भएको समाजवादी राज्यव्यवस्थाले त्यो काम गरेको उदाहरण प्रस्तुत गरे ।

आदिम साम्यवादी समाजमा मातृसत्ता रहेको विभिन्न तथ्य प्रमाणले पुष्टि गरेको र त्यसबेला शोषण उत्पीडन नरहेको, शोषण उत्पीडनको स्रोत भनेको निजी सम्पत्ति, परिवार र राज्यसत्ता भएको भन्दै महासचिव किरणले त्यहींबाट पितृसत्ताको सुरुवात भएको बताए । उनले भने, ‘पितृसत्ताले महिलामाथि उत्पीडन शुरु गर्‍यो ।’

दासयुग, सामन्तवादी युग, पुँजीवादी युग सबै पितृसत्तामा आधारित राज्यव्यवस्था भएको चर्चा गर्दै वैद्यले वास्तविक अर्थमा श्रमिक महिला वर्गको मुक्ति वैज्ञानिक समाजवाद हुँदै साम्यवादी युगमा मात्र हुने स्पष्ट पारेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी हुन् । ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस उल्लेख गर्दै उनले यसलाई साकार तुल्याउन सबैमा अनुराेध गरेकी छन् ।

‘नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्त्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ,’ राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया