आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं लगायत देशभर भारी वर्षा, आगामी तीन दिनको मौसमबारे आयो यस्तो चेतावनी

प्रकाशित
1.4K
SHARES

काठमाडौं । आज काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ । तर झरीको सम्भावना भने नभएको उहाँले बताउनुभयो । आगामी तीन दिनको मौसम जानकारी तल हेर्नुहोस्।

फागुन २४ गते (शनिबार) दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन  चट्याङ्  हावाहुरी असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राती देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकि भू भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भुभागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते (आइतबार)  दिउँसो देशको पुर्वी भूभागमा आंसिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भूभागका एक दुई स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। राती देशको पुर्वी पहाडी भूभागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते (सोमबार)  दिउँसो देशको पुर्वी भूभागमा आंसिक देखि सामान्य बदली रही मध्य भू भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। राती देशको पुर्वी र मध्य पहाडी भू भागमा आंसिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया