आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आइतबारबाट सम्पूर्ण विद्यालय अनिश्चित समयका लागि बन्दको सूचना, विज्ञप्तिसहित

प्रकाशित
18.5K
SHARES

कैलाली । धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले आज विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द गर्ने जानकारी दिएको छ । सो उपमनपाका शिक्षा शाखाका अधिकृत अकबर चन्दले परीक्षा लगायतका कार्य तत्काल सञ्चालन नहुने जानकारी दिए ।

कक्षा ८ को नगरस्तरीय परीक्षा फागुन २८ गतेदेखि सञ्चालन हुने भनी पूर्व सूचना प्रकाशित गरिएको थियो । अन्य तहका परीक्षा पनि कतिपयले फागुन २८ गतेदेखि र कतिपयले आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरेका थिए । अधिकृत चन्दले अर्को सूचना प्रकाशित नभएसम्मका लागि शिक्षण संस्था बन्दका साथै परीक्षा पनि सञ्चालन नहुने बताउँदै अवस्था सामान्य भइसकेपछिमात्र परीक्षा सञ्चालन हुने बताए ।

यता नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको छ । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए ।

भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

‘अहिले सरकारले विदेशी कम्पनीसँग हार गुहार गर्ने होइन, स्वदेशी औषधी उत्पादकलाई प्रोत्साहन गर्ने होइन’ महासचिव श्रेष्ठले भने ‘अहिले नेपालमा चाहिने ७५ प्रतिशत औषधी यहीँ उत्पादन भइरहेको छ, सरकारले प्रोत्साहन गरेमा सय प्रतिशत नै औषधी उत्पादन गर्न सक्छौं ।’ सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै स‌ंघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

अहिले विश्वभर कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमणको त्रास छ । संक्रमण बढी नै देखिएका चीनका साथै इटली, दक्षिण कोरियाका साथै भारतमा स्कुलहरु बन्द गर्ने निर्णय भएको छ । त्यहीबेला नेपालमा पनि स्कुलहरु ५० दिन बन्द हुने हल्ला फैलियो ।

जब कि सरकारले अहिलेसम्म संक्रमण नदेखिएकाले सकेसम्म शैक्षिक सत्र प्रभावित नपार्ने, तर सतर्कता अपनाउने भनेको छ । सरकारले दैनिक उपभोग्य वस्तुहरुको पनि अभाव हुन नदिने बताएको छ । भारतबाट आउने ग्यास, पेट्रोलियम पदार्थ पनि नियमितरुपमा आइरहेको छ । तर, मानिसहरु धमाधम खाद्य वस्तुहरु जोहो गर्न दौडधुप गरिरहेका छन् ।

बुधबार अनामनगरमा यस्तै देखियो । हल्लैहल्लाका भरमा सर्वसाधारण उपभोक्तमा खाना पकाउने एलपी ग्यासका सिलिण्डर लिएर लाइनमा बसेका छन् । लाइनमा बसेका मध्ये एक हुन्, दाङ घर भएका अनामनगर बस्ने होमबहादुर सन्त्याल ।

उनी शुक्रबार बिहानै ठेला मगाएर २ वटा सिलिण्डर लिएर ग्यास डिलरमा आइपुगेका रहेछन् । ‘म सधैँ फोन गरेर ग्यास ल्याइदिन भन्थे, घरमै आउँथ्यो’ उनले भने, ‘तर हिजो मैले फोन गरें, डेलिभरी नहुने रहेछ । अनि त झन डर भयो । त्यही भएर बिहानै लाइन लाग्न आएँ ।’ नाकाबन्दीका बेला धेरै सास्ती खेपेकाले त्यस्तो अभाव झेल्नु नपरोस् भनेर स्टक सिलिण्डर भर्न लाइन बसेको उनले सुनाए ।

सिन्धुपाल्चोक घर भई अनामनगर बस्दै आएका डेबिट ठकुरीले पनि भोलि ग्यासको अभाव होला भनेर लाइन बस्न आएको बताए । ‘नाकाबन्दीका बेला पहिले ध्यान नदिँदा तनाव भयो’ ठकुरीले भने, ‘अहिले त अभाव नहोला, तर कोरोना व्यापक हुँदै जाँदा त पक्कै हुन्छ होला । त्यही भएर ग्यासको लाइनमा बसेको हुँ ।’

बिराटनगर स्थायी घर भई घट्टकुलो बस्दै आएकी धनमाया खरेल पनि ग्यास भर्न लाइनमा उभिएकी थिइन् । उमेरले ६० कटिसकेकी उनले बिहान ८ बजे नै लाइन लाग्न आइपुगेको सुनाइन् । ग्यास अभाव होला कि भन्ने परिवारमा चिन्ता बढेपछि लाइन लाग्न उनले सुनाइन् । होमबहादुर, डेबिट तथा धनमाया मात्र होइन, अनामनगरमा करिब ३२ सय मानिस भोलि अभाव होला भन्ने डरकै कारण लाइनमा बसेका थिए ।

यति धेरै लाइन लागेको नेपाल ग्यासको अनामनगरस्थित डिपोकी सञ्चालक रविता पौडेल हुन् । एकाबिहानै सिलिण्डरसहित लाइन लागेपछि उनी पनि छक्क परेकी छन् । ग्यास अभाव नभएको भन्दै उनले नआत्तिन उपभोक्तालाई आग्रह समेत गरिन् । ‘ग्यासको अभाव छँदै छैन’ उनले भनिन्, ‘अभाव छैन, लाइन लाग्नुपर्दैन भनिरहेकी छु, तर कसैले पनि हाम्रो कुरै सुन्नुहुन्न ।’

विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै ग्यासका लागि लाइनमा बस्नेहरु बढ्दै गएको उनले सुनाइन् । उनका अनुसार डिलरको दैनिक कोटा एक सय थान सिलिण्डर हो । तर, २ सय हारहारीमा त बिहीबार मात्रै बिक्री भयो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पनि ग्यास अभाव हुने सम्भावना नरहेको बताउँछन् ।

सर्वसाधारणहरुमा अनावश्यक त्रास फैलिएको भन्दै उनले डराउनुपर्ने अवस्था नरहेको बताए । थन्काएर राखिएका सिलिण्डर निकालेर भर्न थालिएका कारण अहिले औसतमा प्रयोग हुनेभन्दा धेरै ग्यासको बिक्री भएको कार्यकारी निर्देशक पौडेलले बताए ।

‘अहिले उपभोक्ताहरु डराउनुपर्ने अवस्था छैन, नाकाबन्दीका सिलिण्डर यतिबेला निकालिएकाले लाइन देखिएको हो’ उनले भने । साधारणतया दैनिक ३९ हजार मेट्रिकन ग्यास खपत हुने भए पनि केही दिनयता ४५ हजारसम्म खपत हुन थालेको उनले बताए । पौडेलले सर्वसाधाणलाई नआत्तिन अपील गरे ।

याेपनि  त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर उनको प्रस्तुति निकै राम्रो भएको भन्दै बधाइ दिएका थिए।आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बीबीसीसँग बोल्दै भनिन्, “हामीले १/२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।””त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयो जस्तो महसुस पनि भएन।”विवाद

तर खबरहरुका अनुसार एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरेको बताइएको छ।ती किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे।त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।

‘पश्चाताप’विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले बीबीसीसँग बोल्दै भने, “विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो।”हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएनसेबास्टियन टि जोसेफ, प्रधानाध्यापक”हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन।”ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन्।

किशोरी भने फेरि विद्यालयमा आइनन् किनभने विद्यालयको रेकर्ड अनुसार उनी त्यहाँ पुन: भर्ना हुन आएको देखिँदैन।उनी विद्यालयमा प्रतियोगिता भएको जुन महिनामा भर्खरै दुबाईबाट आएर भर्ना भएकी थिइन्।उनको भर्नासम्बन्धी कागजातहरु अंगालो मारेको उक्त घटना हुँदासम्म अझै अपुरो रहेको थियो।अनुशासनसम्बन्धी छानबिन गर्न समिति बन्नुअघि नै दुवै विद्यार्थीलाई उपस्थित हुन भनिएको थियो।

विद्यालयले तयार पारेको भनिएको अभियोगपत्रको मस्यौदा बीबीसीसँग छ जसमा ती दुई विद्यार्थीले आफ्ना शिक्षक र अन्य विद्यार्थीहरुको अगाडि अनैतिक, अभद्र र अनुशासनविहीन क्रियाकलाप देखाएको उल्लेख छ।उक्त अभियोगपत्रमा यी दुई विद्यार्थीहरुको व्यक्तिगत ब्लग र इन्स्टाग्राममा पनि एकदमै अन्तरंग, अश्लील र आपत्तिजनक तस्वीर तथा संवादहरु भएको उल्लेख छ।

तर किशोरले भने त्यस्तो अभियोगलाई अस्वीकार गरेका छन्।उनले भनेका छन्, “मेरो इन्स्टाग्राम निजी हो र मलाई फलो गर्नेले मात्रै मैले प्रेषित गरेका सामग्रीहरु हेर्नसक्छन्।””अभियोगपत्रमा उल्लेख भएजस्तो त्यसमा अश्लील र आपत्तिजनक केही पनि छैन।”

प्रतिक्रिया