आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आजको प्रतिनिधिसभा बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक (आज) शुक्रबार बस्दैछ । बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ । सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ । सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका संक्रमित बिरामी छिमेकी मुलुक भारतमा समेत फेला परेकाले नेपाल उच्च जोखिममा छ । कोरोना रोकथामका लागि सरकारले देशभर अनिश्चितकालका लागि ठूला सभा, सम्मेलन, भोजभतेर जस्ता कार्यक्रम नगर्न, भिडभाडमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न आह्वान गरेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नगरेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विहीबार विज्ञप्ति जारी गर्दै हाल ४ सय ३२ वना नमूना प्रयोगशाला परीक्षाण गिरएकोमा सबै नतिजामा संक्रमण नभएको देखिएको हुँदा त्रसित हुनुपर्ने कुनै कारण नभएको जनाएको हो ।

तथापि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सचेत हुन विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्नका लागि नियमित रुपमा २० मिनेटसम्म मिचिमिचि हात धुने, कोरोनाको आशंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान समेत आग्रह गरेको छ ।

प्रतिक्रिया