आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा कोरोनाको सन्त्रास, प्रधानमन्त्री मोदीले गरे बेल्जियम भ्रमण रद्द

प्रकाशित
1K
SHARES

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

युरोपियन युनियनको सम्मलनमा भाग लिन त्यसतर्फ जान लागेका थिए। मार्च १३ का लागि तोकिएको उक्त सम्मेलन पनि स्थगित भएको छ । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बिहीबार प्रधानमन्त्री मोदीको निर्धारित भ्रमणको कार्यतालिका हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । हालसम्म भारतमा ३० जना कोरोनाबाट संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्लीका विद्यालयहरु एक महिनाका लागि बन्द गरिएका छन्। कक्षा ५ सम्म पढाइ हुने सबै विद्यालय मार्च ३१ सम्मका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।

कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । ८० हजार भन्दा बढी संक्रमित भएका छन्

चीन बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ। इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ ।

त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ । शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो । दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ सय १२ पुगेको छ । सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको करियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ । जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ ।

सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ । इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ । यद्यपी मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन् ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो । योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ ।

प्रतिक्रिया