आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनाव प्रचारप्रसारका लागि गाँउ पुगेका काँग्रेस नेता-कार्यकर्ता लखेटिए, प्रचार सामाग्री कब्जा गरी जलाइयाे

प्रकाशित
20.2K
SHARES

चुनावको मिति नजिकिएसंगै उम्मेदवार र नेताहरुमाथि आक्रमण र बम बिस्पोट हुने क्रम जारी रहेकै बेला भोजपुर अर्को नयाँ घटना घटेको छ ।

चुनाव प्रचारप्रसारका लागि गाउँ गाउँ पुगेका नेपाली काँगेसका नेता-कार्यकर्ताहरुलाई स्वयम गाउँलेहरूले नै लखेटेका छन् ।

सोमबार भोजपुर जिम्मामा पर्ने साविकको कुदाककाउले अहिलेको षडानन्द नगरपालिका २ का स्थानीयहरुले चुनावी प्रचारप्रसारका लागि पुगेका काँग्रेस नेता-कार्यकर्ताहरुलाई लखेटेका हुन् ।

साथै उनीहरुले १ बोरा प्रचारप्रसार सामाग्री, पोस्टरसमेत कब्जा गरेर जलाइदिएका छन् । भोजपुरबाट नेपाली काँग्रेस प्रतिनिधि सभाका उम्मेदवार उमेश जंग रायमाझी र प्रदेश उम्मेदवार अजम्बर राईसहितकाे टाेली लखेटिएकाे कुदाककाउलेका स्थानियवासिन्दा अमरध्वज श्रेष्ठले इमान्दार मिडियालार्इ बताए ।

रायमाझी नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय महामन्त्रीसमेत हुन् ।

‘जनताका दुख के छन् बुझ्नुसुझ्नु छैन, भोट माग्नु परे ठुल्ठुला गफ दिन आउछन ।’ श्रेष्ठले भने,- ‘यस्तालाई नलखेटर कसलाई लखेट्नु ?’

अनि तपाईले कुन पार्टीलाई भोट हाल्नुहुन्छ त् ? भन्ने इमान्दार मिडियाको प्रश्नमा उनले भने,- ‘यो या त्यो पार्टी म भन्दिन, जसले जनताको पिडा बुझ्छ, गाउँमा विकास गर्छ अब उसैलाई भोट दिने त हाे नी । तर के गर्नु ? सबले अाफ्नै पेट भर्छन, अब भाेटसाेट नदिने ।’

यसपटकको चुनावमा आफु र आफ्नो परिवारले कसैलाई पनि भोट नदिने उनले बताए ।

प्रतिक्रिया