काठमाडौं । प्रदेश नम्बर ७ को दुर्गम जिल्ला बैतडीमा चितुवाको आ’क्रम’णबाट एकजना घाइते भएका छ्न् । जानकारी अनुसार जिल्लाको शिवनाथ गाउपालिका–४ खडितका १६ वर्षीय हर्क बहादुर साउद चितुवाको आ’क्रम’णबाट घाइते भएका हुन । पूजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ५ बजेतिर चितुवाले आ’क्रम’ण गरी घाइते बनाएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायण पाण्डेले घटनाको पुष्टि गरे ।
घाइते साउदको पिपलकोट उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा र कम्मरमा चितुवाले घाउ पारेको प्रहरीले जनाएको छ । अहिलेसम्म बैतडिमा चितुवाको आ’क्रम’णबाट २४ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेहरुको संख्या पनि उस्तै तरिकाले बढेको छ । यस विषयमा सम्बन्धित पक्ष चनाखो हुनुपर्ने स्थानीयको माग रहेको छ ।
प्रतिक्रिया