आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बामदेव गौतम राष्ट्रियसभामा आउन लागेको बिषयमा नारायणकाजि श्रेष्ठले गरे यस्तो खुलासा

प्रकाशित
1.4K
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने खुलासा गरेका छन् । बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने खुलासा गरेका हुन ।

‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन । त्यसैले अहिले केही भन्न सकिएन । उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने भन्दै श्रेष्ठले अनावश्यक बहस नगर्न आग्रह गरे ।, ‘पार्टीको निर्णय पार्टीकै अध्यक्ष जसले बैठकमा बसेर निर्णय गर्नुभएको छ । उहाँले निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ । त्यसप्रति विश्वास छैन’ उनले भने ।

राष्ट्रियसभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरु बुधबार राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । तर राष्ट्रपतिबाट मनोनित हुने एक जना मनोनयन हुन बाँकी छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमको नाम सिफरिस गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आएका छन् ।

यता नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीले दिएको सुझाव अनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने बताएका छन् । व्यक्ति भन्दा पार्टी ठूलो र पार्टी भन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने नेम्वाङले बताए ।

नेकपा सचिवालयले उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न सरकारलाई अनुरोध गरेको थियाे । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभामा एक सिट बाँकी छ ।नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भए अनुसार पार्टीको सुझावलाई मानेर प्रधानमन्त्री अगाडि बढ्ने विश्वास आफुले गरेको बताए ।

उनले भने, ‘मैले एउटै कुरा भन्ने गरेको छु, व्यक्ति भन्दा पार्टी ठूलो हो, पार्टी भन्दा देश र जनता ठूलो हो । फेरी हामीले यसो भनिरहदा आफ्नो काम गरिरहदा सबै कुरा संविधान बमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं । संविधानले राष्ट्रिय सभामा मनोनयनको यो पक्षलाई सरकारको सिफारिसमा छोडेको छ । त्यसैले सचिवालयले अनुरोध गरेको भनेर लेखेको बाहिर चर्चामा आएको छ । प्रधानमन्त्रीले पनि पार्टीको अनुरोधलाई मैले हेरिरहेको छु विचार गरिरहेको छु भन्नुभएको छ ।’

नेम्वाङले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभएपनि ६ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्था अनुसार भइसकेको बताए । प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै नियुक्ती गर्ने विचार व्यक्त गरेको भएपनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजान अनुरोध गरेकोले प्रधानमन्त्रीले गम्भिरतापूर्वक लिको उनले बताए ।

टिचिङका बिरामी र कुरुवाले भने, ‘प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउनुभयो, खुसी छौं’
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीप्रति त्यहाँ उपचाररत बिरामी तथा तिनका आफन्तले प्रधानमन्त्रीको खुलेर प्रशंसा गरेकाछन् ।

प्रतिक्रिया