आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली अस्पताल भर्ना भएपछि पशुपतिमा गरियो यस्तो अनौठो कार्य, सबै दंग

प्रकाशित
1.8K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो ।

विशेष पूजाका लागि ओलीका आफन्त बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । सोमबार ओलीका परिवारीक सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने इच्छा गरेबमोजिम आज विहानै करिव १० मिनेट बिशेष पूजाआजा गरिएको बताइएको छ ।

पशुपतिका मूलभट्ट गणेश भट्टलगायतले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरे पनि पशुपती क्षेत्र विकास कोषले भने यसबारे जानकारी नभएको जनाएको छ । ‘यसबारे हामिलाई केही जानकारी छैन, पारिवारिक रुपमा उहाँहरुले आएर पूजाआजा गरेको हुनसक्छ ।’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताए ।

मन्दिरका पीठाधीश ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने बताए । उनले भने, ‘माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने छिन् ।’

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिँदैछ । उनी सोमबार नै अस्पताल भर्ना भइसकेका छन् । ओली अस्पताल भर्ना हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पशुपतिनाथले रक्षा गरुन् भन्दै स्वास्थ्यलाभको कामना गरेका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन्। उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया