आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तोकियो ओलीको मिर्गौला प्रत्यारोपण गर्ने समय, कुन डाक्टरको नेतृत्वमा हुदैछ अप्रेशन ?

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।

‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गर्ने तयारी गरिसकेका छौं,’ प्राडा ज्ञवलीले भने, ‘भोलिको प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम पनि सकिएको छ ।’ प्रधानमन्त्री ओलीको चाहना अनुसार नेपाली चिकित्सक र नेपालै अस्पतालमा प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा खटिने तयारी भइसकेका छ । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गर्दै सरकारले भारतबार दुईजना चिकित्सक समेत बोलाएको डा ज्ञवालीले बताए । भारतबार एकजना सर्जन ( डाक्टर अनन्त कुमार) र एकजना फिजिसिएन नेपाल आउँदै गरेको डा ज्ञवालीले बताए ।

‘मेरो नेतृत्वमा नेपाली चिकित्सककै टोलीले प्रधानमन्त्री ज्युको मिर्गौला प्रत्यारोपण गर्ने हो । तर, प्रधानमन्त्री जस्तो सम्वेदनशील व्यक्तिको प्रत्यारोपण भएकाले केही समस्या पर्न सक्छ भनेर दुईजना भारतीय चिकित्सक पनि बोलाइएको छ,’ डा ज्ञवालीले भने, ‘भारतबाट एकजना सर्जन र एकजना फिजिसियन आउँदै हुनुहुन्छ, उहाँहरुले बेलुका सम्म अस्पतालमा आइपुग्नु हुन्छ ।’ भोलि हुने मिर्गौलाको प्रत्यारोपणको तयारीका लागि प्रधानमन्त्री ओलीले आज राति १० बजेपछि खाली पेट बस्ने डा ज्ञवालीको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गरेकी छन् । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् र, उनको भोलि विहान ९ बजे प्रत्यारोपण गर्ने तयारी छ ।

राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतासहित स्वास्थ्यलाभको कामना गरेकी हुन् । शुभचिन्तकहरुले भण्डारीको ट्वीटलाई सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ ट्वीट गर्दै उनले भनेकी छिन । ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन ।

प्रतिक्रिया