आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

१५ दिनभित्र नेपाल फिर्ता हुने राजदूत लीलामणि पौडेललाई सरकारको निर्देशन

प्रकाशित
836
SHARES

काठमाडाैं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए ।

नाम उल्लेख नगर्न आग्रह गर्दै ती मन्त्रीले पौडेललाई फिर्ता बोलाउनुको कारण भने थाहा नभएको जानकारी दिए। ‘मन्त्रिपरिषद् बैठकमा किन फिर्ता गराउन लागिएको भन्‍नेबारे छलफल भएन तर चीनका लागि नेपाली राजदूतलाई १५ दिनभित्र फिर्ता हुन समय दिइएको छ,’ ती मन्त्रीले भने। चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो। सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए।

एक मन्त्रीले पौडेललाई किन फिर्ता बोलाइयो भन्ने त थाहा भएन तर स्वदेश फर्किन १५ दिनको समय दिने निर्णय भएको बताए । मन्त्रिपरिषद् बैठकमा फिर्ता बोलाउनुको कारणबारे छलफल पनि नभएको उनको भनाइ छ । कोरोना भाइरसको त्रासमा चीन रहेकै बेला राजदूत पौडेललाई किन फिर्ता बोलाइयो भन्ने कौतूहलको विषय बनेको छ । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले केही सचिवको सरुवा गरेको छ । केही सचिवको सरुवा र केहीको पदस्थापनसमेत गरिएको पनि उनको भनाइ छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका केदार न्यौपानेलाई भने भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिलामा पठाइएको छ । सघीय मामिलाका सचिव यादव कोइरालालाई भने स्वास्थ्य मन्त्रालय लगिएको छ । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगिएको छ ।

प्रतिक्रिया