आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै जुत्ता प्रहार, को हुन् जुत्ता हान्ने व्यक्ति ?

प्रकाशित
1.5K
SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्र’हार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति)को रुपमा सहभागी भएका थिए । प्रमुख वक्ताको रुपमा स्मृति सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएनन् ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका सहभागीले प्रचण्डमाथि जुत्ता प्र’हार गरेका हुन् । प्रचण्डमाथि जुत्ता प्रहार गर्नेलाई सुरक्षाकर्मीले कार्यक्रम स्थलबाट बाहिर निकालेका छन् । कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए ।

उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए । लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् । कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए ।

प्रचण्डले सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनको मोलमोलाईबारेको सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् । स्वीस कम्पनी केबीए नोटासिसका स्थानीय प्रतिनिधि विजयप्रकाश मिश्रविरुद्ध निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शुक्रबार (१६ फागुन) दायर गरेको मुद्दामा उन (प्रचण्ड)को नाम समेत उल्लेख गरिएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले उपरोक्त कुरा बताएका हुन् ।

शुक्रबार दायर गरेको मिश्र विरुद्धको गालीबेइज्जती मुद्दामा बाँस्कोटाले प्रचण्ड नै लगानी बोर्डको अध्यक्ष रहेका बेला २०७३ पुषमा ‘केभीए नोटासिस’ का प्रतिनिधिले प्रस्ताव पेस गरेको उल्लेख गरेका छन् । यसैगरी प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण विकास समिति गठन गरेको दावी पनि बाँस्कोटाद्वारा मुद्दामा उल्लेख छ ।

दायर मुद्दामा बाँस्कोटाले के दावी पनि गरेका छन् भने, त्यसकै आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले दुई वर्षभित्र सुरक्षित छापाखाना स्थापना गर्ने निर्णय गरेको हो र सो छापाखानामा राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा छापिने योजना बनाइएको थियो ।

सुकुटे महोत्सवको उद्घाटन गर्न सिन्धुपाल्चोक पुगेका प्रचण्डसँग स्थानीय सञ्चारकर्मीहरुले मुद्दामा प्रचण्डको नाम पनि उल्लेख भएको बारे प्रश्न गरेका थिए । ‘गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा तपाईंको नाम पनि उल्लेख गरेका छन्, यसबारेमा तपाईं के भन्नुहुन्छ ?’ उनीहरुको जिज्ञाशा थियो ।

‘हिजो (१५ फागुन) उहाँले गाली–बेइज्जतीको मुद्दा दिएको भन्नु भएको छ, मुद्दा दिएपछि त मैले बुझ्या’ छैन’ उनले भने, ‘जे भएपनि सत्य के हो, त्यो बाहिर आउनु पर्छ, यदि कसैले गल्ती गरेको छ भने गल्ती अनुसार सजायँ पाउनु पर्छ, कार्वाही गर्नुपर्छ ।’ उनले ‘सम्बन्धित निकाय (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) छानविनतर्फ लागिसकेको पनि उल्लेख गरे ।

‘प्रचण्ड’ ले ५५ अर्व रुपैयाँ पाइन्छ भन्दैमा राष्ट्रिय हित प्रतिकूल हुने गरी मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित नगरिने बताएका छन् । ‘प्रेस संगठन, नेपाल’ को सिन्धुपाल्चोक जिल्ला संगठनले सुकुटेमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशाको उत्तर दिँदै प्रचण्डले उपरोक्त कुरा बताएका हुन् ।

अमेरिकासँग कुराकानी हुँदैछ
‘एमसीसी संसोधन हुन नसक्ने भनेर कसैले भन्यो भने त्यो सत्य होइन’ प्रचण्डले भने, ‘संशोधनै गर्न नमान्ने भन्ने भयो भने चाहिँ ५५ अर्वका निम्ति नेपालले आफ्नो राष्ट्रिय हितलाई गलत ढंगले कम्प्रोमाइज गर्दैन ।’

‘एमसीसी सम्झौता संसोधन हुनै नसक्ने बाइबल होइन’ भनेर आफूहरुले लगातार भनिरहेको बताउँदै प्रचण्डले थपे, ‘एमसीसी कुनै संशोधन हुनै नसक्ने, कमा–फुलिस्टफ फेर्नै नपाइने भन्ने होइन । यो भन्दा अगाडि पनि दुई चोटि संशोधन भइसकेको छ ।’

एमसीसी सम्झौता अन्तर्गत नेपालले प्राप्त गर्ने भनिएको रकमलाई धेरै ठूलो उत्पातै ठूलो रकम हो भनेर भन्नु जरुरी नरहेको पनि उनले बताए । भने, ‘हाम्रो राष्ट्रिय हित मुख्य कुरा हो, नेपालको हितसँग ‘कन्ट्र्या्डिक्ट’ गर्ने (बाझिने) कुरा छन् भने तिनलाई परिमार्जन गर्नुपर्छ ।’

आफूहरु अमेरिकासँग सहयोग लिन र सहकार्य गर्न चाहिरहेको र लामो समयदेखि नेपालको अमेरिकासँग कुटनीतिक सम्बन्ध रहेको बताउँदै उनले अमेरिकासँग नेपालको कुनै खालको बैरभाव नरहेको पनि प्रष्ट्याए ।

एमसीसीका बारेमा अमेरिकासँग आफूहरुको कुराकानी भइरहेको जानकारी पनि प्रचण्डले दिए । ‘यसबीचमा अमेरिकासँग पनि सामान्य संवाद त भइराखेकै छ’ उनले थपे, ‘प्रधानमन्त्रीजीले पनि कुरा गरिराख्नु भएको छ, हामीले पनि कुराकानी गरिरहेका छौँ ।’

कार्यदलको प्रतिवेदन हस्ताक्षरविनाको
प्रचण्डका अनुसार, झलनाथ खनाल संयोजकत्वको एमसीसी सम्बन्धी कार्यदलले प्रारम्भिक प्रतिवेदन ९ फागुनमा बुझाएपनि कार्यदलले अन्तिम प्रतिवेदन भने २१ फागुनमा बुझाउने तयारी गरिएको छ ।

‘एमसीसी कार्यदलले हामी दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ तर प्रतिवेदनलाई ‘पोलिस’ गर्न, बिट मार्न बाँकी छ’ यसबारे थप प्रष्ट पार्दै प्रचण्डले भने, ‘हस्ताक्षर गरेर बुझाउनु पथ्र्याे तर, उहाँहरुले हस्ताक्षर नगरी बुझाउनु भएको थियो । अहिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वाहिर हुनु भएकाले त्यसलाई अन्तिम रुप दिन अलिकति ढिला भयो ।’

कार्यदलका सदस्यहरुसँग शनिबार बिहानमात्र कुराकानी भएको बताउँदै प्रचण्डले भने, ‘२१ (फागुन) गते प्रतिवेदन बुझाउने अन्तिम तयारीमा हुनुहुन्छ ।’ अन्तिम रुप नदिइकनै हस्ताक्षर विना दिइएको प्रतिवेदनको जिष्ट (निचोड) मा ‘एमसीसीलाई परिमार्जन र संसोधन गरेरमात्रै यसलाई अघि बढाउन सकिन्छ’ भन्ने रहेको पनि खुलाए ।

‘त्यत्तिकै त्यसलाई पारित गर्न सकिँदैन भन्ने त्यसको निचोड छ, यो कुरा झलनाथजीले पनि बाहिर भनिसक्नु भएको छ’ उनको भनाई थियो, ‘प्रतिवेदन बुझाउने बेला सामान्य हामीलाई ब्रिफिङमा पनि परिमार्जन र सुधारविना पारित गर्न सकिँदैन भन्ने स्पिरिटमा नै प्रतिवेदन छ ।’

यसैबीच प्रधानमन्त्री निवास बालुवाटारमा बेलाबखत चलचित्र पनि देखाइन्छ भन्ने कुरा आइतबार प्रतिनिधिसभामा एकजना नेकपा सांसदले खुलासा गरिन् । ‘केही दिनअगाडि हामी बालुवाटारमा फिल्म हेर्न गएका थियौं, सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको थियो’ नेकपा सांसद सरिताकुमारी गिरीले आइतबार प्रतिनिधिसभामा भनिन्, ‘अग्निदाह, त्यो फिल्म हेर्दाखेरि प्रष्ट भएको छ कि यो धामी–झाँक्री, बोक्सा–बोक्सी कसरी हुन्छ र लाञ्छना कसरी लगाइन्छ ।’

आइतबार संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलिसकेपछि र समाजवादी पार्टीकी सांसद सरिता गिरीले पेट्रोलमाथि बढाइएको कर नहटाए संसद अवरोध गर्ने चेतावनी दिइसकेपछि सांसद विन्दा पाण्डेको बोल्ने पालो आयो ।

‘बोक्सा–बोक्सी दाइजोलगायत कुरीति तथा एसिड प्रहारजस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील एवं अमर्यादित प्रथा प्रचलन कुरीति र विकृति विसंगतिको अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले भन्ने सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव’ माथि संक्षिप्त वक्तव्यसहित छलफल प्रारम्भ गर्न पाण्डे संसदको रोष्टममा पुगिन् ।

पाण्डले सामाजिक कुरीति र अन्धविश्वासको विरुद्धमा सबै जनप्रतिनिधिहरु एकतावद्ध भई अभियानमा लाग्न प्रस्ताव गरिन् । एसिड प्रहार गर्ने अपराधीलाई आजन्म कैदको सजायँ हुनुपर्ने र उपचारको सम्पूर्ण खर्च तत्काल राज्य कोषबाट व्यहोर्नुपर्ने सांसद पाण्डेले बताइन् । एसिडको बिक्री वितरणलाई कडाइका साथ नियमन गर्नुपर्ने र एसिड बेच्नेलाई पनि कानुनी सजायँको दायरामा ल्याइनुपर्ने पाण्डले प्रस्ताव गरिन् ।

सामाजिक कुरीति र हिंसामा संलग्नमाथि कडा सजायँ हुनुपर्ने माग गर्दै पाण्डेले मुलुकी अपराध संहिता दफा १९३ मा गरिएको व्यवस्था अपर्याप्त भएकाले यसलाई संशोधन गर्न माग गरिन् । ‘सबै प्रकारको हिंसाको अन्त्यले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्भव हुन्छ भन्दै उनले सबै तहको संलग्नता हुने गरी सामाजिक चेतनाको अभियानमा संलग्न हुन आग्रहसहित यसबारे छलफल अगाडि बढाउन सभामुखसमक्ष आग्रह गरिन् ।

सांसद पाण्डेको प्रस्तावलाई समर्थन गर्दै सांसद नवराज सिलवालले समाजमा अपराधका घटनाहरु रोक्न नसकिएको बताए । पूर्वप्रहरी अधिकारी समेत रहेका सांसद सिलवालले भने, ‘हामीले यस्ता गतिविधिहरुलाई रोक्न सक्यौं त ? त्यस्ता आक्रमण गर्ने प्रवृत्तिहरुलाई हामीले निराकरण गर्न सक्यौं त ? वास्तवमा त्यो गर्न सकेजस्तो देखिँदैन ।’

सांसद सिलवालले भने, ‘संसदले बनाएका कानूनहरुलाई राज्यले सहीरुपमा प्रयोग गरेको छ कि छैन, त्यो हेर्नुपर्छ । संसदीय समितिमा सरकारले रिपोटिङ गर्ने मेकानिज्म बनाउनुपर्छ ।’ सांसद सिलवालपछि नेकपा कै सांसद सरिताकुमारी गिरीको बोल्ने पालो आयो । गिरीले दहेज प्रथा समाजको कलंक भएको बताउँदै यस्ता कुरीतिहरुविरुद्ध कडा कानून बनाउनुपर्ने बताउँदै सांसद पाण्डेले अघि सारेको प्रस्तावमा समर्थन जनाइन् । उनले बालुवाटारमा फिल्म हेरिसकेपछि यस्ता कुरीतिहरुबारे प्रष्ट भएको बताइन् ।

सामाजिक कुरीतिहरुबारे छलफल भइरहँदा प्रतिनिधिसभामा केही सांसदहरु निदाइरहेको दृश्य देखिन्थ्यो । बोक्साबोक्सी एसिड आक्रमण, दाइजो प्रधान लगायतका कुरीतिमाथि संसदमा छलफल हुँदै गर्दा संसद हलमा केही छात्राहरुले पनि उपस्थित भएर चाखपूर्वक सुनेका थिए ।

आइतबार बसेको प्रतिनिसभा बैठकमा सांसदहरुकबो पातलो उपस्थिति थियो । आइतबारको बैठकले फागुन १५ गते गणपूरक संख्याको अभावमा निर्णय हुन नसकेको संघ प्रदेश र स्थानीय तहको व्यवस्थापनसम्बन्धी विधेयकलाई ध्वनी मतका आधारमा पारित गरेको छ ।

प्रतिक्रिया