आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शताब्दी एक्सप्रेसले एकैठाउँ दियो १२ जनालाई ठक्कर, ३ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित
545
SHARES

काठमाडौ । एक भयानक सडक दुर्घटनामा ३ जनाको ज्यान गएको छ । भारत, पञ्जाब राज्यको लुधियाना–दिल्ली रेल लाइनको ग्यासपुरा गेटमा अमृतसर जाँदै गरेको शताब्दी एक्सप्रेसले १२ जनालाई ठक्कर दिएको थियो । यस दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने अरु धेरै व्यक्तिहरू घाइते भएका छन् । शनिबार साँझ ८ः१० (स्थानीय समय अनुसार) बजे दुर्घटना भएको हो । सबै मानिसहरू बन्द फाटकको बाबजुद ट्र्याकहरू पार गर्दै थिए ।

प्रत्यक्षदर्शीका अनुसार शताब्दी एक्सप्रेसका लाइनहरूमा उभिएका करीव १०–१२ व्यक्तिहरू गेट पार गरे पछि रेलले ठक्कर दिएको हो । मानिसहरु जुन सवारीमा सवार थिए धेरै परसम्म पुगेको जनाइएको छ । मृतक र घाइतेहरूलाई उनीहरूको परिवार र पुलिसले एम्बुलेन्समार्फत अस्पताल लग्यो । मृतकको परिचय गुरप्रीत कौर, रत्नजित सिंह र गुरदीप सिंह रहेको छ । अर्जुन कुमार र सनीलगायत धेरैलाई निजी अस्पतालमा भर्ना गरिएको छ ।

लुधियाना रेलवेका क्षेत्र प्रमुख प्रबन्धक परमिंदर सिंहले भने कि यो ट्रेस पासिंगको मामला हो । रेलवे फाटक बन्द भएपछि ट्र्याकमा आफ्नो गाडी लिएर आएका मानिसहरूलाई रेलले ठक्कर दियो । प्रहरीले ५ वटा गाडीलाई नियन्त्रणमा लिएको छ। अर्कोतर्फ, जीआरपी डीएसपी प्रदीप सन्धुले भने कि रेलको चक्कामा आएका व्यक्तिलाई ट्रेस पास गर्ने मुद्दा दर्ता गरिएको छ । यस केसमा कुनै पनि रेल अधिकारीको दोष छैनन् ।

प्रतिक्रिया