आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले तोके १३ केन्द्रीय विभाग प्रमुख

प्रकाशित
1.1K
SHARES

काठाडौं । नेपाली काँग्रेसको सभापति शेरबादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् । सभापति देउवाले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले पार्टीका विभाग गठन गर्ने तयारी गरेको भन्दै विभागमा राख्नुपर्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

उनले आफ्नो तर्फबाट नाम दिन अस्वीकार गरेपछि देउवाले एकलौटी रुपमा केही विभाग गठन गरेका हुन् । देउवाले विधानको धारा ३७ (१) (ग) बमोजिम पार्टीका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन् ।

काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ। पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्‍याउने निर्णय गरेको थियो। काँग्रेस विधानमा २८ ओटा विभाग हुने व्यवस्था छ। देउवाले आगामी महाधिवेशन वा महासमितिबाट अनुमोदन गर्नेगरी विभागको सख्या ४७ पुर्‍याउने निर्णय गरेका थिए।

पौडेल समूहले महाधिवेशनको मिति सार्वजनिक भएपछि आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुने बताउँदै आएको छ। काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ।

सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

यसैगरी केन्द्रीय सदस्यहरु शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापां, सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको उनले बताए । विभाग गठनमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको नाम भने समावेश छैन् । पौडेल पक्षलाई विभाग गठनका लागि पटक पटक नाम उपलब्ध गराउन भनेपनि नदिएकाले देउवा र सिटौला पक्षका मान्छे समेटेर विभाग गठन गरेको स्रोतले बतायो ।

पछिल्लो समय भट्टराई, चिनकाजी श्रेष्ठ, ढुंगाना र हुमागाईँ संस्थापन इतबाट देउवा क्याम्पमा सरेका थिए । भट्टराई, चिनकाजी श्रेष्ठ, ढुंगाना पौडेल र हुमागाईँ कृष्णप्रसाद सिटौलाबाट देउवा क्याम्पमा सरेका थिए । अन्य सबै १३ औँ महाधिवेशदेखि नै देउवासँग थिए ।

यस्तै पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य दाङका कृष्ण किशोर घिमिरे झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी , धनकुटाका मनोहर नारायण श्रेष्ठ र ९ तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका छन् ।

प्रतिक्रिया