आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाका सांसदलाई ओखलढुंगामा झट्का, पुल उद्घाटन गर्न नदिइ स्थानीयले लखेटे

प्रकाशित
9.2K
SHARES

काठमान्डाै ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका छन् ।ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित सुनकोशी नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका नेकपाका सांसद सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएका हुन् । स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।

सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ । स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन् ।नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन् । पुल उद्घाटनमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडा पनि गएनन् ।

सांसद सुनुवार आफू निकटका सीमित नेता तथा कार्यकर्ता र प्रदेश सांसद मोहन खड्कालाई साथमा लिएर सिरिसे पुगेका थिए ।नेकपाका नेता ढुङ्गेल र कांग्रेसका युवा नेता खतिवडा लगायतको पहलमा निर्माण भएको पुललाई सांसद सुनुवारले आफूले जस लिन हतार–हतारमा उद्घाटन गरेर बधाइ लिन खोजेको आरोप स्थानीयको छ ।

पुल उद्घाटनको कार्यक्रममा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले पनि बहिस्कार गरिदिएका छन् ।ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षले समेत बहिस्कार गरेको उद्घाटनको कार्यक्रममा नेकपाकै नेता तथा कार्यकर्ताहरूले अबरोध गरेपछि सांसद सुनुवार जिल परेका छन् ।

त्यसैबिच  नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान लिने मुद्दामा पक्राउ पूर्जी जारी भएको हो । ज्यान लिने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउपूर्जीको म्याद तामेल गरेको हो ।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान लिने कसुरको जाहेरी दर्ता गरेका थिए । मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो । गुरुङ २०७४ सालको निर्वाचनमा दोलखाबाट कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाउँदै विजयी भएका थिए ।

प्रतिक्रिया