आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कञ्चनपुरमा मृत अवस्थामा पति पत्नीको शव फेला

प्रकाशित
2.5K
SHARES

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा पति–पत्नी मृत अवस्थामा फेला परेका छन् ।विहीवार विहान उनीहरु दुबै जना रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आफ्नै निवासमा पति जयलाल र पत्नी धना भण्डारी मृत फेला परेका प्रहरीले जनाएको छ ।‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरतकार्कीले भने ‘दुबै शव रगताम्य अवस्थामा भेटिए, थप अनुसन्धान भइरहेको छ ।’

याेपनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त पार्न निर्देशन दिनुभएको छ । उहाँले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाइग्नोसिसको उहाँले निरीक्षण गर्नुभयो ।

यस्तै उहाँले मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभागलगायतको निरीक्षण गर्दै उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारीसमेत लिनुभयो । निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने बिरामीका अपेक्षा पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न

केन्द्रित हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर लाग्न उहाँले अनुरोध गर्नुभयो अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै विशिष्ट योगदान गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको बोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवा, चुनौती, योजना, पूर्वाधार विकासलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया