आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

प्रकाशित
1.8K
SHARES

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरस्थित सडक किनारमा रोकिराखेको ट्रकमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बिग्रिएर सडक किनारमा रोकिराखेको ना३ख ९०२४ नंको ट्रकमा स८प ७७१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय विपया दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दासलाई तत्कालै उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो ममोरियल अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकल चालक सिरहाकै कल्याणपुर नगरपालिका–८ निवासी २७ वर्षीय सोनिया दास घाइते भएको र उहाँको को फूलकुमारी महतो ममोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

याेपनि   एक चर्चित गायिकाले गम्भीर खुलासा गरेकी छिन् । ग्रामी अवार्ड विजेता गायिका डफी (एमी एनी डफी) ले आफूमाथि आ’क्रम’णकारीले ला’गुऔ’षध खुवाएर ब’लात्का’र गरेको खुलासा गरेकी छन् । ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो । कृपया मलाई विश्वास गर्नुहोस् । म अहिले ठीक र सुरक्षित छु ।’

सन् २००७ बाट ‘रकफेरी’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी उनले सोहीबाट ग्रामी अवार्ड जितेकी थिइन् । ‘मलाई बन्धक बनाएर ला’गुऔ’षध खुवाई ब’लात्का’र गरियो । यो लेख्नुअघि मैले कयौं पटक सोचेकी थिए । मलाई यो कुरा बोल्न किन यत्रो समय लाग्यो भन्ने थाहा छैन । यसबारे बोल्दा सहज महसुस गरिरहेकी छु, ’उनले लेखेकी छन्, ‘मलाई के भयो र कहाँ हराएँ भनेर सबैलाई लागि रहेको होला। एक पत्रकारले मलाई सम्पर्क गरे। मैले उनलाई गत गर्मी मौसममा सबैकुरा भनेको थिए। उनी असल थिए र अन्ततः बोल्दा सहज महसुस भएको थियो।’

‘सत्य कुरो हो, कृपया मलाई विश्वास गर्नुहोस्। म अब ठीक र सुरक्षित छु। मलाई ला’गुऔ’षध खुवाएर केही दिन बन्धक बनाएर ब’लात्का’र गरिएको थियो। तर म बाँच्न सफल भएँ। सामान्य अवस्थामा फर्कन समय लाग्यो। यो भन्न सहज नभएपनि म भन्न सक्छु। पछिल्लो दशकमा, हजारौं दिनहरूमा मैले घामको उज्यालो महसुस गर्न कोशिस गरें। तर, असफल रहें। अहिलेचाँहि घाम लागेको छ,’ उनले लेखेकी छन्।

 

प्रतिक्रिया