आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

३ दिनसम्म युवतीलाई डेरामा थु’नेर ब’लात्का’र गर्ने राज्यमन्त्रीका सल्लाहकार पक्राउ

प्रकाशित
3.3K
SHARES

काठमाडौं । नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् । उनी एक किशोरीलाई ब’न्ध’क बनाई ब’लात्का’र गरेको अभियोगमा पक्राउ परेका हुन् । रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए । उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा ब’न्ध’क बनाएर ब’लात्का’र गरेको आरोप लागेको छ । किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

अहिले घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको छ । उनले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए ।

याेपनि  ११ वर्षीया बालिकाको सामुहिक बलात्कार गर्दै भिडियो बनाएको घटना सार्वजनिक भएको छ। धनुषामा भिडियो बनाउने ३२ वर्षका श्रीकिसुन दासलाई प्रहरीले पक्राउ गरेको छ।

फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी फोटो र भिडियो समेत खिचेको पीडित परिवारले जानकारी दिएका छन्।अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर फरार रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया