आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त, अवस्था गम्भीर

प्रकाशित
2.8K
SHARES

काठमान्डाै ।  नेकपा मालेका महासविच सिपी मैनाली चढेको गाडी बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ। दुर्घटनामा परी मैनाली, उनकाका छोरा, बुहारी, नाती र चालकसमेत पाँच जना घाइते भएका छन्।मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।

गम्भीर अवस्था रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाईले जानकारी दिए।

कारमा मैनालीका छोरा बुहारी तथा नाती पनि सवार थिए । कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।

सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको छ । घटना सम्बन्धमा थप जानकारी आउँन सकेको छैन ।

त्यसैबिच   पछिल्लो आम चुनावमा पराजित नेकपा नेता वामदेव गौतमले हरेक पटक संसदमा प्रवेशको प्रयास गरे पनि त्यो बीचमै दुर्घटनाग्रस्त हुने गरेको छ।त्यो सँगै उनको छवि पनि विवादित बन्न पुगेको छ। काठमाडौँ- ७ का नेकपाका सांसद रामवीर मानन्धरलाई राजीनामा गराई उपनिर्वाचनबाट सांसद बन्ने गौतमको गत वर्ष कात्तिकमा भएको प्रयास असफल भयो।

डोल्पास्थित नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर त्यहाँबाट चुनाव लड्ने अर्को प्रयासले पनि सफलता पाउन सकेन।हाल आएर राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रिय सभाको सदस्य बन्दै प्रधानमन्त्रीका रुपमा बालुवाटार यात्राको प्रयास काम सुरु हुनु अगावै दुर्घटनाग्रस्त बन्न पुगेको छ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविपरीत गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदललाई त्यसकै सदस्यहरुले अवज्ञा गरेका छन्।

कार्यदलको सदस्य रहेका भनिएका ओलीका बफादार सुवास नेम्वाङ र खिमलाल देवकोटाले पारदर्शीरुपमा कार्यदल गठन नभएको र कुनै एक व्यक्तिका लागि संविधान संशोधन वाञ्छनीय नहुने भन्दै लिखित पत्र नआएसम्म कार्यदलमा नबस्ने जानकारी नेता नेपाललाई गराएका छन्।

स्रोतका अनुसार नेता नेपालले सोमबार कार्यदलको बैठक बस्नु पर्‍यो भन्दै नेम्वाङलाई फोन गरेका थिए। नेम्वाङले कार्यदलको बैठक भए आफूहरु नआउने बताएपछि नेता नेपालले अनौपचारिक छलफल त गरौँ भनेपछि नेम्वाङ कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए।छलफलका क्रममा नेता नेम्वाङले पारदर्शीरुपमा कार्यदल गठन नभएको र आफूहरुलाई कुनै लिखित पत्र नआएको बताएका थिए।

र, कुनै एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने तर्क नेम्वाङले राखेपछि त्यसमा अर्का सदस्य भनिएका देवकोटाले पनि समर्थन जनाएका थिए।साथै नेम्वाङले यस्तो अपारदर्शी काममा नलाग्न नेता नेपाललाई समेत सुझाएको बुझिएको छ। जवाफमा नेता नेपालले यसबारे सल्लाह गरौँला भनेका थिए।

नेपालले कार्यदलका सदस्यहरुले त्यसलाई अवज्ञा गर्नुको पृष्ठभूमिमा अध्यक्ष ओलीको हात रहेको बुझेका छन्। नेपाल निकट एक नेताका अनुसार गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन ओली तयार भएपनि स्वभाविक रुपमा उनलाई प्रधानमन्त्री बनाउन चाहिरहेका छैनन्।

आफ्नो इच्छाविपरीत जर्वजस्त गठन गरिएको कार्यदल भंग गर्न भित्रीरुपमा ओली लागेको र आफ्ना विश्वासपात्र नेम्वाङलाई त्यसको अवज्ञा गर्न निर्देशन दिएको नेपाल पक्षको बुझाइ छ।यसो त, नेम्वाङले कार्यदल गठन भएको समाचार प्रकाशन भएकै दिन त्यसबारे अनविज्ञता प्रकट गरेका थिए।

ओलीले राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रियसभा सदस्य अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा दोहोर्‍याउन चाहेपनि सभामुख छनौटका बेला सचिवालयमा उनीविरुद्ध बनेको प्रचण्ड नेतृत्वको बलियो समीकरणका कारण ओली गौतमलाई राष्ट्रियसभामा लैजान तयार भएका थिए।शनिबारको बैठकमा प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्न नेता नेपालको संयोजकत्वमा कार्यदल गठन गर्नु पर्ने प्रस्ताव गरेका थिए।

उक्त प्रस्ताव अस्वीकार गरेमा झन षड्यन्त्र हुने डरमा ओलीले आफ्ना विश्वासिलो पात्र नेम्वाङ र देवकोटालाई कार्यदलको सदस्यमा राख्न चलाखीपूर्ण प्रस्ताव गरेका थिए।‘सामूहिक दबाबमा ओलीले कार्यदल गठनलाई स्वीकृत दिनु भएको थियो। तर चलाखीपूर्ण तरिकाले ओलीले आफू निकट नेम्वाङको नाम दिनु भयो । अहिले ओलीकै निर्देशनमा उनीहरुले कार्यदल अवज्ञा गरेका हुन्,’ शनिबारको सचिवालय बैठकमा सहभागी एक सदस्यले भने।

 

प्रतिक्रिया