आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दिल्लीमा हिंसा थप चर्क्यो – नालीमा २ वटा शव भेटियो, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

प्रकाशित
2.8K
SHARES

काठमाण्डौ – हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहेको छ । प्रदर्शन चर्कँदै जाँदा हिंसाले उग्र रुप लिएकाे छ ।बिहीबार गगनपुरीमा रहेको एक नालीमा दुई वटा शव भेटिएको छ । गएको बुधबार पनि खजूरी खासको नालीमा आईबी अधिकारी अंकित शर्माको शव भेटिएको थियो । अब दिल्लीमा हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ ।

दिल्लीको दङ्गाग्रस्त इलाकामा अझै पनि तनाव छ । गएको बुधबार राति पनि हिंसाका घटनाहरु घटेका छन् । प्रदर्शनकारीहरुले ज्योतिनगरमा अशोक नगर फ्लाइओभर नजिक मोटरसाइकल जलाएका छन् ।जाफराबाद, मौजपुर, चान्दबाग, गोकुलपुरी र आसपासको इलाकामा शान्ति देखिए पनि अझै डर र त्रासको वातावरण छ । धेरै पसलहरु बन्द छन् भने ढोका र झ्यालमा हिंसाको निसाना देख्न सकिन्छ ।

हिंसा रोक्नको लागि सुरक्षाबलले प्रभावित इलाकामा मार्चपास पनि गरेका थिए । उत्तर–पूर्वी इलाकामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन्  यो इलाकामा सयभन्दा धेरै दमकल तैनाथ गरिएको अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।गएको चार दिनदेखि उत्तर–पूर्वी इलाकामा भइरहेको हिंसामा सयौँ घाइते भएका छन् ।

नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि मर्नेको संख्या २० पुगेको हो । जानकारी अनुसार २०० भन्दा बढी मानिस घाइते भएका छन् । स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिं’सा प्रभावित क्षेत्रमा पुगेका थिए ।

हिं’सा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरे । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो । दिल्ली हिं’साका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । तनाबलाई प्रहरीले नियन्त्रण गर्न नसक्ने भन्दै सेना परिचालन गर्न दिल्ली सरकारले केन्द्रसँग माग गरेको छ ।

प्रतिक्रिया