आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बानेश्वरमा आयोजित विवाह समारोहमा दुलाहाले यस्तोसम्म गरेपछि प्रहरी शरणमा पुग्यो केटीपक्ष

प्रकाशित
5.7K
SHARES

काठमाडौं । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरामा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।

काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट सेत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ । यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।

बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।

विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन पूर्ण किशोरावस्था वा १९ बर्ष पार भएको हुनुपर्दछ । किशोरावस्थामै हुँदासम्म चाहिँ शारीरिक तथा मानसिक विकासको क्रम जारी नै रहने र शैक्षिक तथा जीवनपयोगी सीप सिक्ने कुरा पनि पूर्ण विकास भइसकेको हुन्न ।

विवाह गर्ने उपयुक्त उमेर र कानुनी प्रावधानउमेरले मात्र विवाह गर्न योग्य वा सक्षम भयो भनेर मान्न सकिन्न । व्यक्ति आफुले जिम्मेवारी लिन सक्ने, शारीरिक तथा मानसिक स्थिति सन्तुलन भएको र घर परिवार धान्न सक्ने व्यक्तिले विवाह गर्न उपयुक्त हुन्छ भनेर मानिन्छ ।युवतीको विवाह गर्ने उपयुक्त समयशारीरिक र मानसिक विकास पूर्ण तबरले भईसकेपछिसुखी परिवार बनाउनको लागि लोग्नेसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछि

शिक्षा हासिल गरी सकेपछिआत्मनिर्भर, परिपक्व र आत्मविश्वासी भई सकेपछिआयआर्जन गर्नका लागि सीप तथा दक्षता हासिल गरी सकेपछि
बच्चाको स्याहार–सुसार राम्ररी गर्न सक्ने भएपछिआफ्नो र बच्चाको स्वास्थ्य हेरबिचार गर्ने राम्रो जानकारी राख्न सक्ने भएपछियी सबै कुरा हुन युवतीको उमेर कम्तिमा पनि २० बर्ष पुगिसकेको हुनुपर्दछ ।युवाको विवाह गर्ने उपयुक्त समय

शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भएपछिशिक्षा हासिल गरी सकेपछिआयआर्जन गर्न सक्ने भएपछिआफ्नो र परिवारको जिम्मेवारी लिन सक्ने भएपछिसुखी परिवारको लागि श्रीमतीसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछिसुखी परिवार बनाउनमा महिला र पुरुषको उत्तिकै सहभागिता हुनु जरुरी छ ।

प्रतिक्रिया