आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नियन्त्रणमा लिएर बाँडिचुडी खाएको आरोपमा प्रहरी निरीक्षकसहित १६ जना निलम्बित

प्रकाशित
2.5K
SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ ।

चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् ।

यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् ।उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जनाएको छ ।

त्यसैबिच  महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवलदारविरुद्ध प्रहरीमा जाहेरी परेको छ।तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दले बिहीबार राति एक स्थानीयको घरमा गएर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ।

जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए। महिलाकै घरमा पुगेको प्रहरी हवल्दार चन्दले राति १0 बजे महिलामाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्।

पीडित महिला तथा आफन्तले प्रहरीमा हवल्दारविरुद्ध जाहेरी दिएको हो। पीडित महिलाको राप्ती प्रादेशीक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको कार्कीले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया