आज : गते

ताजा शिर्षकहरु

इस्टर्न रिजन टी-२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई

प्रकाशित
892
SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

कप्तान मल्लले इस्टन रिजनमा च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड जाने बताए । उनले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्याण्डमा देखाउने बताएका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्याण्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो छ । यो प्रतियोगिता नेपाली टोलीका लागि एसिया कपको रोडम्यापका रुपमा रहेको छ।

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यमित भएर खेल्ने कप्तान मल्लले बताए । टोलीको बिदाईमा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामना सहिद विदाई गरे ।

`प्रतियोगितामा सम्यम भएर खेल्नु होला। खेलमा हेलचेक्राइ नगर्नु होला,´ सिलवालले भने,´ एसिया कप पुग्न सहज छ। राम्रो मेहनत गर्नु पर्छ।´ उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ । यस्तै इपिएलको अघिल्लो सिजन झैँ यो सिजन पनि टेस्ट राष्ट्र आयरल्याण्डका स्टार अल-राउण्डर केभिन ओ ब्रायन काठमाडौँ किंग्स-११ बाट खेल्ने भएका छन्।

गत सिजन काठमाडौँको लागि ओ ब्रायनले राम्रो अलराउण्ड प्रदर्शन गर्ने क्रममा ७ खेलमा ९ विकेट लिंदै १ सय ८४ रन समेत बनाएका थिए। यस क्रममा ब्रायन धेरै विकेट लिने सुचीमा चौथो तथा धेरै रन बनाउने सुचीमा छैठौं स्थानमा रहेका थिए।

सन् २००६ देखि आयरल्याण्डको लागि खेलीरहेका ओ ब्रायन सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड बिरुद्ध शतक बनाउदै आयरल्याण्डले जित हात पारेपछि विश्वचर्चित भएका थिए। त्यसक्रममा उनले ५० बलमा शतक ( ११३ रन ) बनाउदै विश्वकपमा छिटो शतक बनाउने ब्याट्सम्यान बनेका थिए। साथै ब्रायन आयरल्याण्डको लागि टेस्ट क्रिकेटमा शतक बनाउने समेत पहिलो खेलाडी हुन्।

प्रतिक्रिया