आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित
12K
SHARES

काठमाडौं । देश संघीय संरचनामा गएपछि स्थानीय तहले आवश्यक्ता अनुसार विवाद दिदैं आएकाे छ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने जनाए ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दियो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने बताइएको छ । विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।

केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा एक स्थानीय तहले सार्वजनिक विदा दिएको थियो । यो बीचमा बैतडीको पाटन नगरपालिकाले बिहीबार (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणमा आउँने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरे ।

नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहने कार्यकालिका छ।

राष्ट्रपति भण्डारीले फागुन १५ गते बैतडीस्थित त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रम समेत तय गरे ।

तयसैबिच आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई

जाँदै हुनुहुन्छ । यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उहाँले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र

नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।गाउँमा हेलिप्याड र एयरपोर्ट‘पछिल्लो भेटमा जग्गा थपेर प्राविधिक कलेजलगायतका लागि तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। ओली ट्रस्ट बनाएर काम अघि बढाइएको

छ’, पहिला उक्त जग्गा किनेका तुलसी संग्रौलाले भने। उनका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर काम अघि बढाउने क्रममा हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त भएको छ। बेच्नुअघि २५ रोपनी थियो। उनका बुबा दुई दाजुभाइको नाममा २५ रोपनी थियो। ‘प्रधानमन्त्रीको इच्छा गरिबदुःखीका छोराछोरीले होस्टलमै बसेर पढून् भन्ने हो। कलेज निर्माणमा जापानले रुचि देखाएको छ’,

संग्रौलाले भने। यी सबै प्रयोजनका लागि काम अघि बढाइरहँदा सहज यात्रा होस् भनेर ओलीको जन्मघर परिसरमा मंसिरमा हेलिप्याड बनाइएको छ। यसका लागि करिब तीन रोपनी जग्गा सम्याइएको छ। तेह्रथुमकै चुहानडाँडामा एयरपोर्ट बनाउने काम अघि बढिसकेको छ।रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा यही एयरपोर्ट अवलोकन गरेर पाथीभारा माताको दर्शन गरी फर्कदा हेलिकप्टर दुर्घटना भएर सवार सबैले ज्यान गुमाएका थिए। सोही मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योगेश भट्टराईले काम चाँडो अघि बढाउन पहल गरिसकेका छन्।

प्रतिक्रिया