काठमाडौं । फेरि हिमपाच र बर्षा भएको छ । केहीदिन देखि सुधार हुँदै गएको मौसममा एकाएक बदली आएसँगै हिमाली भेगमा हिमपात भइरहेको छ भने देशका अन्य भागको मौसम बदलीसँगै बर्षा भइरहेको छ ।
मंगलबार पश्चिम नेपालका अधिकांश भूभागहरुमा बर्षा भएको थियो भने उच्च हिमाली भेगमा हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरको मौसम हिजोजस्तै हुनेछ । महाशाखाका अनुसार देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ ।
आज देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने पनि महाशाखाले जनाएको छ ।पहाडी भू-भागमा मेघ गर्जन् र चट्याङसहित वर्षा हुने र हिमाली भेगमा हिमपात हुने कारण सबैमा सर्तकता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । उच्च हिमाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ ।
मंगलबार दिउँसोबाट काठमाडौंमा मौसममा बदली आएको थियो भने साँझतिर हल्का बर्षा भएको थियो । अहिले घाम लागेको छैन । बर्षाको सम्भावना रहेको बताइएको छ ।हिमपात र बर्षासँग फेरि चिसो बढेको छ ।
प्रतिक्रिया