आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दिल्ली झडपले लियो अचानक नयाँरुप, मृतकको संख्या २० पुग्यो

प्रकाशित
3.2K
SHARES

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अचानक भ’ड्केको हिं’सामा ज्यान गुमाउनेहरुको संख्या २० पुगेको छ । नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि मर्नेको संख्या २० पुगेको हो । जानकारी अनुसार २०० भन्दा बढी मानिस घाइते भएका छन् । स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिं’सा प्रभावित क्षेत्रमा पुगेका थिए ।

हिं’सा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरे । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो ।

दिल्ली हिं’साका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । तनाबलाई प्रहरीले नियन्त्रण गर्न नसक्ने भन्दै सेना परिचालन गर्न दिल्ली सरकारले केन्द्रसँग माग गरेको छ विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् । सरकारले हिंसा नियन्त्रणका लागि दिल्लीका सडकमा थप ८ हजार प्रहरी तथा अर्धसैनिक बलका जवानलाई खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दिल्लीको सर्वाधिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार अबेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग छलफल गरेका थिए ।दिल्ली उच्च अदालतको मंगललबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ बनाउन र घाइतेहरुको उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । उनीहरुले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर समेत प्रदर्शन भएको छ ।प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल निवासअघि प्रदर्शन गर्नेमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य छन् ।उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका मानिसहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार डरलाग्दो रुप लिएको थियो ।

प्रतिक्रिया