आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डरलाग्दो बन्दै कोरोना भाइरस – स्वास्थ्य मन्त्रीलाई नै संक्रमण देखियो

प्रकाशित
4K
SHARES

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको त्रास देखिएको छ । अहिलेसम्म २६०० भन्दा धेरैको संख्यामा मानिसहरुले ज्यान गुमाएका छन् । यसको असर चीनमा सबैभन्दा धेरै देखिएको छ । चीनमा अहिलेसम्म २५०० भन्दा धेरैले ज्यान गुमाएकाे छ ।

अहिले यो डरलाग्दो रुपमा इरान र दक्षिण कोरियामा पनि फैलिएको छ । दशौं हजार मानिसहरु यसबाट प्रभावित बनेका छन् । अहिले बाहिर आएको जानकारी अनुसार एकजना मन्त्रीलाई पनि कोरोना भाइरस लागेको छ । इरानका उपस्वास्थ्यमन्त्री इराज हराचीमाथि परिक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको कुरा आज बाहिर आएको छ ।इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सरकारी टेलिभिजनसँगको एक अन्तर्वार्तामा पुष्टि गरे कि उपमन्त्री इरज हरिराची संक्रमित थिए र अहिले क्युरेन्टाइनमा छन् ।

इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, “कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको छ ।”

वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खोक्नुभएको थियो भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उहाँलाई अस्पताल पु¥याइएको थियो जहाँ उहाँलाई भर्ना गरी उपचार सुरू भएको छ ।

त्यसैबिच विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको छ । चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्ता लगाएको दावी गरिएको छ । उहाँले आफैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गर्नुभएको थियो । सो क्रममा उहाँमा कुनै साइड इफेक्ट देखा नपरेको उल्लेख छ ।

साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ । सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

उक्त ‘भ्याक्सिन’लाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।

 

प्रतिक्रिया