आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ज्योति मगरले स्टेजमै यस्ताेसम्म गरेपछि भयाे बबाल ५ जना पक्राउ

प्रकाशित
6.9K
SHARES

काठमाडौं । चर्चित नेपाली गायिका ज्योति मगरको नाम धेरैले सुनेका छन् । गायिका मात्रै नभएर गीतहरुमा अभिनय पनि गर्न सक्ने ज्योतिका भिडियोहरु समयसमयमा बजारमा आउँने गर्दछ । यस्तै, कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ बाट ५ जना पक्राउ परेका छन् ।

कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिती आएको बताइएको छ । सोमबार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो ।

उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको जानकारी दिइएको छ । त्यसक्रममा केही युवा घाइते भएका छन् । झडपमा तीन प्रहरीसमेत घाइते भएका छन् । महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए ।

पक्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन् । यस विषयमा मगरले पनि प्रतिकृया दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस तल हेर्नुहोस्

”कुरा कंचनपुर महोत्सव तिर को… म stage मा जादोछु उता एक हुल छोरेट्टा हरु कन्डोम फुल्लादो छन् यता पुलिस हरु कन्डोम उडाउन्या लाइ अनैतिक गतिबिधि भन्दै हस्तक्षेप गद्दोछन यतिकै मा लाठीचार्ज भागमभाग दोहोरो झडप हुदोछ, झडप मा हल्ला गर्न्या र कार्यक्रम बिथोल्न्या छोरेट्टा लाई पुलिस समाउदो छ अनी बल्ल था हुदो छ कि त्यी मुन्छे हरु बिपरित पार्टी का नेता कार्यकर्ता महोत्सव भाड्नै का लागि ticket किनेर छिर्न्या रैछन अनी कार्यक्रम मा ढुंगा हान्न्या कन्डोम फुल्लाउन्या सचिवालय तिर तोडफोड गर्न्या.. बिचरा म बली को बाख्रा… मन मा पिर भया पनी फेरी गित गाउनै तिर लाग्दो छु… अर्को दिन समाचार आउदो छ jyoti magar ले यस्तो बोल्या पछी झडप भनेर… गर गर केटा हो आयोजक संग दुस्मनी निकाल अनी कलाकार को नाम बदनाम गर हुन त मलाई बानी परिसक्या छ… जती चोट दिन्छौ देउ मायालु…”

जब ‘सुपर पावर’का साथ रोडिजको सेटमा पुगिन् प्रियंका
हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’मा अहिले जर्नी राउण्डमा चलिरहेको छ । सोमबार प्रशारण भएको एपिसोडमा भने नायिका प्रियंका कार्की पनि सेटमा पुगेकी छिन् । उनी त्यहाँ सुपर पावरका साथ पुगेकी हुन् ।

प्रियंकाको सुपर पावर थियो, ‘वाइल्ड कार्ड इन्ट्री’ । प्रियंकाले आफूसँगै कलिङ राउण्डमा आइपुगेका ८ प्रतियोगीलाई सेटमा लिएर पुगेकी थिइन् । जसमा ४ जना केटा र ४ जान केटी थिए । जसबाट १–१ जना मात्रले जर्नी राउण्डको लागि प्रवेश पाउने थिए ।

प्रतियोगितामा महिलातर्फ सन्जुले टाक्स जितेकी थिइन् भने पुरुषमा पिज्जाले जितेका थिए । होस्ट रेमनदाश श्रेष्ठले सन्जुलाई समन श्रेष्ठको ‘टिम ब्लु’मा राखिदिए भने पिज्जालाई अनुप विक्रम शाहीको ‘टिम रेड’मा राखिदिए । एपिसोड वाइल्डकार्डमा मात्रै सकिएको थिएन । त्यहाँ भोट आउट पनि भयो । जहाँ दुई जना प्रतियोगी भोट आउट हुने भए । जसमा दीया मस्केको ‘टिम एल्लो’बाट आशिष र आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’बाट सुजन बाहिरिए ।

दुबै प्रतियोगीहरुलाई टाइटिल जित्न सक्ने प्रतियोगीका रुपमा हेरिएको थियो । दुई जना नै बाहिरिदा माहोल एकैछिन निराशजनक बनेको थियो । त्यहीँ समय प्रियंकाले आफ्नो अर्को सुपर पावर प्रयोग गरिन । त्यो सुपर पावर थियो, बाहिरिएका प्रतियोगीलाई भित्र ल्याउने ।

एउटा बट्टामा ४ वटा चिट राखिएको थियो । त्यहाँका दुई वटा चिटमा प्रतियोगीलाई फिर्ता गर्ने लेखिएको थियो भने दुई वटा खाली थिए । लाहुरे र दीयाले चिट ताने । दुबैले आफ्नो प्रतियोगीलाई फिर्ता गर्ने चिट हात परे । दुबै प्रतियोगी खेलमा फर्किए । दुबै प्रतियोगी खेलमा फर्किदा माहोल खुसी–खुसी थियो ।

प्रियंकाले गर्दा फिर्ता आएकोमा दुबै प्रतियोगीहरुले प्रियंकालाई विशेष धन्यवाद दिए । प्रियंकाले आफू पुनः आउने भन्दै सेटबाट बाहिरिएकी थिइन् । अहिले रोडिजमा १३ प्रतियोगी छन् । अनुपको टिममा ४ जना प्रतियोगी छन् भने बाँकी ३ टिममा ३–३ जना प्रतियोगी रहेका छन् ।

 

 

प्रतिक्रिया