आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै आयो यस्तो डरलाग्दो चेतावनी

प्रकाशित
3.9K
SHARES

काठमाडौं । पछिल्ला दिनहरुमा देशका विभिन्न भागमा चट्याङसहित हुँदै आएको वर्षाले आज पनि निरन्तरता पाएको छ । महाशिवरात्रिका दिनदेखि प्रि मनसनुन गतिविधि सुरु भएकाले अब देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महासाखाले जानकारी दिएको छ । जानकारी अनुसार भोलि पनि देशभरिको मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने जानकारी दिइएको छ ।

अहिले पोखरादेखि पश्चिमका क्षेत्रमा वर्षा भइरहेको छ । खासगरी नेपालगन्ज, सुर्खेत, दाङलगायतका क्षेत्रमा वर्षा भइरहेको बताइएको छ । काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा भने दिउँसो २–३ बजेपछि मौसम बद्लि भइ सामान्य वर्षा भइरहेको छ । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्नेछ । अर्को तिर केही ठाउँमा चट्याङ पनि पर्ने सम्भावना रहेको छ । बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार फेरि चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भन्नुभयो ।उहाँका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु

हुने प्रि–मनसुन मे महिनासम्म रहने गर्छ । त्यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनसमा झरेको छ ।

प्रतिक्रिया