आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णाली नदीमा जीप खस्यो

प्रकाशित
1.8K
SHARES

काठमाडौ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले बताए।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। घटना स्थल तर्फ प्रहरी गईरहेकाले घटनाको पुरा बिवरण आउँन बाँकी रहेको प्रहरी प्रमुख ओलियाल बताए।

देशको राजधानी काठमाडौंको टोखामा भएको भयानक मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैबिच  चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिरहेको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट अहिलेसम्म २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् । पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ । ८० हजारभन्दा बढीमा कोरोनाको लक्षण देखिएको छ ।

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् । कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक–एक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् । सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत छ ।

 

प्रतिक्रिया