आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सावधान आज हावाहुरी र चट्याङसहित वर्षा आगामी ३ दिनको देशभरीकै मौसम अपडेट

प्रकाशित
7.1K
SHARES

काठमाडौ । आज मौसम डरलाग्दो बन्दैछ । देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ। पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमवीद् विभूती पोखरलले जानकारी दिइन्। केहि दिन यता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ।

आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन्। काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/१३ देखि २०७६/११/१५) जारी समय : बिहान ६:०० बजे नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-१३ बिहान ६:०० बजे)मौसम विश्लेषण) Meteorological Analysis):- हाल देशमा पुर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status): देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भईरहेको छ बांकि स्थानमा अाशिक देखि सामान्य बदलीको अवस्था रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन १३ गते (मंगलबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित

वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।फागुन १४ गते (बुधबार) दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । रातीः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार) दिउँसोः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रतिक्रिया