आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महाशिवरात्रि : आज मेघ गर्जन–चट्याङ सहित वर्षा हुने भन्दै आयो यस्तो डरलाग्दो चेतावनी

प्रकाशित
1.6K
SHARES

काठमाडौं । आज महाशिवरात्री देशभरी रहेका शिव मन्दिरहरुमा भक्तहरुको ठुलो भिड छ । काठमाडौंमा रहेको पशुपति लगायत सम्पुर्ण शिवालयहरुमा भक्तजनहरुको भिड देखिएको छ । यो बीचमा आजको मौसमले धोका दिनसक्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको जानकारी गराएको छ । शुक्रबार पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको भनेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । रातमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानफागुन ०९ गते (शुक्रबार)दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

फागुन १० गते (शनिबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ | फागुन ११ गते (आईतबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ।

प्रतिक्रिया