आज : गते

ताजा शिर्षकहरु

आज ७० औं प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

प्रकाशित
1.2K
SHARES

काठमाडौं । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहनेछ ।

यसैवीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।

उता भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।

‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ’ पूर्वराजाले भनेका छन्, ‘हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं- नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’ पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया